इलाम : ट्राफिक प्रहरी पोस्ट फिक्कलमा कार्यरत प्रहरी सहायक निरीक्षक टिका प्रसाद नेपाल माघ महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सखुवासभा दरबन्दी भई विगत ३ महिनादेखि इलामको फिक्कल ट्राफिक पोस्टको प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका नेपाल माघ महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका हुन ।
विभागीय निर्देशनको पूर्ण रूपमा पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोबलकासाथ काम गरेको, सरोकारवालाहरू निकायसँग सहकार्य गरी प्रभावकारी ट्राफिक व्यवस्थापन गरेको, सडक प्रयोगकर्ताहरुलाई ट्राफिक सचेतना गराउने ,ट्राफिक सकेत बोर्ड र सडक रेखाहरु निर्माण गर्ने , चोरी भएका तथा हिट एनड रन गरी फरार रहेका सवारीहरुको सुक्ष्म अनुसन्धान गरी नियन्त्रणमा लिने कार्यमा सक्रिय भूमिका निर्वाह गरेको कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै नेपाललाई २०७८ साल माघ महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषणा गरिएको बताइएको छ ।
१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले १ नम्बर प्रदेश भरिका ट्राफिक प्रहरीहरू मध्येबाट प्रत्येक महिना उत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । उत्कृष्ट हुने ट्राफिक प्रहरीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स प्रिन्ट गरेर १ नम्बर प्रदेश अन्तर्गत रहेका ट्राफिक प्रहरी कार्यालयहरूमा १ महिना सम्म राख्ने गरिएको छ ।