कियाचु लिम्बुवान प्रदेश समिति अध्यक्षमा मधुराज केरुङ निर्वाचित

  नयाँ बुलन्द
147 Shares

पाँचथर : किरात याक्थुङ चुम्लुङ (कियाचु) लिम्बुवान प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशनबाट अध्यक्षमा मधुराज केरुङ निर्वाचित भएका छन् । पाँचथरको फिदिमस्थित चुम्लुङ हिममा शुक्रबार भएको अधिवेशाबाट केरुङ अध्यक्षमा निर्वाचित भएका हुन् ।

अधिवेशनबाट उपाध्यक्ष टङ्कमाया तिगेला, मुख्यसचिवमा नरेन्द्रराज केरुङ, सचिवमा इक्साहाङ चेम्जोङ र कोषाध्यक्षमा बिन्द्रकुमार नाल्बो निर्वाचित भएका छन् ।

सदस्यहरुमा कबिन्द्र सेर्मा, मनकुमारी पन्धाक, इन्दिरा मेयङ्हाङ, बुद्ध इङ्वा, दिलु लिङ्देन, तीर्थ सावदेन र अन्य जिल्लाबाट एक महिला एक पुरुष प्रतिनिधित्व हुने गरि कार्य समिति निर्वाचित भएको छ

प्रदेश १ का उद्योग, श्रम तथा रोजगारी मन्त्री प्रताप प्रकाश हाङगामले उद्घाटन गरेको अधिवेशनमा कियाचुका केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बू, कमल तिगेलालगाय विभिन्न पार्टी तथा संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार