परीक्षणको नौ प्रतिशतमा कोरोना संक्रमण

काठमाडौं : सोमबार कोरोना भाइरसका सात सय ४७ संक्रमित थपिएका छन् । आठ हजार नौ सय ९६ जनाको परीक्षण गर्दा ८.६ प्रतिशतमा संक्रमण देखिएको हो । जसमा छ हजार दुई सय ७९ पीसीआरबाट चार सय ८२ अर्थात् ७.६७ तथा दुई हजार चार सय १७ जनाको एन्टिजेन परीक्षण गर्दा १०.९७ प्रतिशतमा संक्रमण देखिएको हो ।

सोमबार दुई हजार तीन सय १९ जनालाई निको हुँदा आठ जनाको मृत्यु भएको छ । पीसीआर परीक्षणबाट थपिएकामा काठमाडौंका १८१, ललितपुरका ३०, झापाका २५, कास्कीका २१, बाँकेका १५ तथा भक्तपुका १५ जना हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार