फाकफोकथुम : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) फाकफोकथुम गाउँ समितिले २७ औं जनयुद्ध मनाएको छ । पालिका अध्यक्ष के.वि. वान्तवाको अध्यक्षता भएको कार्यक्रममा शुभकामना आदानप्रदान, सहिद तथा बेपत्ता परिवार सम्मान साथै पुर्वजनमुत्ति सेना सम्मान कार्यक्रम गरि मनाइएको थियो ।
फाकफोकथुमको १ नं. वडा कार्यालयमा गरिएको कार्यक्रममा पार्टीका प्रदेश सदस्य ओम गुरुङको प्रमुख आतिथ्यता, जिल्ला कार्यालय सचिव प्रकाश परियारको विशेष आतिथ्यता, जनप्रतिनिधि १ वडाध्यक्ष टेकविर नेम्वाङ साथै पार्टीका पदाधिकारी एवं जनवर्गीय संगठनको नेताहरुको उपस्थिति रहेको थियो ।
पार्टी सचिव प्रकाश राइले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष अरुण दर्लामिले स्वागत गरेका थिए । फाकफोकथुमका १० बर्ष जनयुद्धमा ५ जना शदिद भएका थिए भने १०० भन्दा धेरै तत्कालीन माओवादीको सेना जनमुक्ति सेना एवं जनमेलेसियामा सहभागि भएका थिए ।
त्यसैगरि वाइसीएल नेपाल फाकफोकथुमको संयोजकनमा साझ दिप प्रज्वलग गरि दिपावलि गरेको थियो । माओवादी केन्द्रले पालिका स्तरीय कार्यक्रमहरु स्थान परिवर्तन गरि हरेक वाडा-वाडामा गर्दै आएको छ ।
जिल्ला भरिनै पार्टीले शुभकामना आदानप्रदान, वृक्षारोपण, सरसफाइ, सम्मान एवं अभिनन्दन लगायतको कार्यक्रम गरेको छ । कार्यक्रममा नेताहरु सौरभ गुरुङ, प्रकाश परियार, रुपनारायण अधिकारी, लक्ष्मण घतानि, केदारनाथ खनाल, हेमकण निरौला, बिष्णुमाया थापा, छत्र दर्लामिले शुभकामना मन्तव्य राखेका थिए ।