फलोअप न्युज: हात चुडिएकी वृद्धमहिलाको उपचार खर्च जुटाउन सहयोगको अपिल

  युद्धबहादुर बोहोरा
952 Shares

 

इलाम: फाकफोकथुम गाउँपालिका १ नम्बर वडस्थित ठिंगेपुर निवासी ८२ वर्षीया बसुन्धरा निरौलाको हात चुडिएपछि उपचार गर्न आर्थिक अभाव परेको छ ।

गत विहिवार दिउँसो घर नजिकै कुटानी पिसानी मिलमा बुहारीको साथमा धान लिएर गएकी वृद्धमहिलाको मिलको रिङमा परि देब्रे हात चुडिएको थियो ।

उनको थप उपचार गर्न झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा राती ९ बजे उनलाई पुर्‍याएर शुक्रबार अपराह्न ४ वजे अपरेसन गरिएको छ । तर उनको छिनेको हात भने जोड्न असम्भव भएको घाइतेका छोरा प्रेम निरौलाले जानकारी दिए । हाल अपरेसन पश्चात् आइसियुमा राखेर उनको उपचार भइरहेको जनाइएको छ ।
आर्थिक अवस्था कम्जोर रहेकोे परिवारलाई घाइते वृद्धआमाको उपचार गर्न खर्चको अभाव भएपछि  फाकफोकथुम घरभइ हाल इटहरी बस्दै आएका चलचित्र कलाकारकर्मी तथा सामाजिक अभियान्त रितेशजंग पौडेल खत्रीले उपचार सहयोग स्वरुप पाँच हजार पाँच सय ५५ रुपैयाँ उपलब्ध गराउने भएका छन् ।
उनले संचालन गरेको इटहरी घरजग्गा कम्पनी र सुर्योदय रियल स्टेट प्रालीको सहकार्यमा २० हजार गरि जम्मा २५ हजार पाँच सय ५५ रुपैयाँ उनको पहलमा रकम जम्मा भएको जानकारी दिए । अन्य रकम पनि उनको संकलन हुने अभियान जारी छ । यसअघि पनि अभियान्त तथा कलाकार खत्रीले आगोमा परेर डढेका बालक दिपशन राई र मिर्गौला पीडित सुस्मा कार्कीको उपचार सहयोग ,लुङ्सुङ्दाङमा मन्दिर निर्माण लगायत अन्य धेरै सामाजिक कार्यमा अगुवाई भुमिका निर्वाह गर्दै आएका छन् ।
अहिले पनि उनले रकम संकलन गर्न अभियानलाई सहयोग गरेका छन् । इच्छुक महानुभावले मोबाइल नम्बर ९८२५९५७८२७,९८०८५५१२४७ मा सम्पर्क गरि प्रेम बहादुर निरौलाको नेपाल बैंक लिमिटेडमा रहेको ०४००१०००८३५८९३०००००१ खातामा नम्बर रकम जम्मा गरि आर्थिक सहयोग गरिदिन पनि परिवारले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार