उज्यालो सानाकिसान कृषि सहकारीको अध्यक्षमा रत्नबहादुर राई

 

पाँचथर: फिदिम नगरपालिका वडा नम्बर १३ र १४ स्थित लुङरुपामा संचालित उज्यालो सानाकिसान कृषि सहकारीको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

सहकारीको तेस्रो साधारणसभा समेत भएको उक्त अधिवेशनबाट राईको अध्यक्षतामा १३ सदस्यीय समिती चयन गरिएको छ ।

पाँचथर जिल्ला सहकारी संघका उपाध्यक्ष रामप्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले उपाध्यक्ष रामबहादुर सारु मगर, सचिव घनश्याम दुलाल र सहसचिव उदय राई र कोषाध्यक्ष मनु राई सहित १७ सदस्यीय संचालक समिती चुनिएका छन् ।
सदस्यहरुमा राम प्रसाद लामगादे,दिलिप माङमु,सोममाया तामाङ,तुलसा रिमाल,देवी प्रसाद दुलाल,ममताज राई रामप्रसाद पिठाकोटे र धारणा नेम्वाङ रहेका छन् ।
सभाले ज्ञानमाया राईको संयोजकत्वमा विर्खबहादुर नेम्वाङ र मनबहादुर राई सहित तीन सदस्यीय लेखा तथा सुपरीवेक्षण समिती चयन गरेको छ ।

सभामा संस्थाका अध्यक्ष रत्न बहादुर राईले प्रस्तुत गरेको साँगठनिक प्रतिवेदन र व्यवस्थापक बेनुप नेम्वाङले पेस गरेको आर्थिक प्रतिवेदन सभाले पास गरेको छ ।
कार्यक्रममा सभामा प्रमुख अतिथि बाँस्कोटा,विशिष्ट अतिथि वडाध्यक्ष हेमबहादुर फागो,नगरपालिका कार्यपालिका सदस्य गणेश बान्तवा राई र काँग्रेसका प्रतिनिधि घनेन्द्र नेम्वाङ लगायतले नयाँ निर्वाचित समितिलाई कार्यसफलताको शुभकामना सहितको मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार