पाँचथर: कुम्मायक गाँउपालिकाको केन्द्र यासोक बजारमा शनिबार साँझ ७:४५ बजेदेखि भएको आगलागी एक घन्टापछि नियन्त्रणमा आएको छ ।
स्थानीय बजारवासी झरेन्द्र खतिवडाको बजार बीचमा रहेकोे घरबाट आगलागी शुरु भएको स्थानीय पत्रकार रमेश थापाले जानकारी दिए । काठ र जस्ताबाट बनेको उनको घरमा जुत्ताचप्पल,हार्डवेर र टेलरिङ्ग पसल संचालन हुदै आएको थियो । जुत्ताचप्पल पसलबाट अचानक आगो उत्पन्न भइ फैलिएपछि घर र पसल पूर्ण रूपमा क्षति भएको उनले बताए ।
सुरक्षाकर्मी र स्थानीयबासिन्दाको लामो प्रयासबाट तमोर लिफ्टिङ्गबाट ल्याइएको पानीको सहायताले आगो नियन्त्रणमा मद्दत मिलेको बताइएको छ । आगो नियन्त्रणको लागि फिदिम नगरपालिको बारुणयन्त्र घटनास्थलमा नपुगी आगो नियन्त्रण गर्न सफल भएको साथै कुनै पनि मानवीय क्षति नभएको तर क्षतिको यकिन भने हुन बाँकी रहेको पत्रकार थापाले जानकारी दिए।