इलाम : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट पत्रकारहरुको संगठन समाजवादी प्रेस संगठन नेपालले इलाममा पनि संगठन विस्तार गरेको छ ।
समाजवादी प्रेस संगठन इलामको अध्यक्षमा रमेश पराजुली चयन भएका छन् । पराजुली नेपाल पत्रकार महासंघ इलामका कार्यसमिति सदस्य समेत हुन् ।
पराजुलीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ ।
संगठनको उपाध्यक्षमा डम्बर निरौला, सचिवमा याम माबोहाङ, सहसचिवमा गोबिन्द भट्टराई र कोषाध्यक्षमा पदम बिलासी चयन भएका छन् ।