फाकफोकथुमकी ८२ वर्षिय एक महिलाको हात मिलको रिङले चुडायो

  युद्धबहादुर बोहोरा
1.1k Shares

 

घाइतेको प्राथमिक उपचार गर्दै स्वास्थ्यकर्मीद्वय छवि निरौला र मिना सम्बाहाम्फे

इलाम: फाकफोकथुम गाउँपालिका १ नम्बर वडाकी अन्दाजी ८२ वर्षिय एक महिलाको मिलको रिङमा परि विहिबार देब्रे हात चुडिएको छ ।
ठिंगेपुर निवासी गुमान सिंह निरौलाको श्रीमती बसुन्धरा निरौला घर नजिकै रहेको कुटानी पिसानी मिलमा आफ्नी कान्छी बुहारी मनमायाको साथमा धान लिएर गएकी थिइन् ।

दिउँसो १ बजे मिलमा धान कुटाउँदै गरेको बेला भुस उठाउने क्रममा विद्युतबाट संचालित मिलको रिङमा हात बेरिन गइ अचानक मेसिनले देब्रे हात पाखुरादेखि मुनि पुरै चुडाएको वडाध्यक्ष टेक वीर लिम्बुले जानकारी दिए ।

दुर्घटना परेकी महिलालाई मिल चालक राज नेम्बाङ,बुहारी मनमाया र उनका छोरा होम बहादुरले उद्धार गरेको र तत्काल प्राथमिक उपचार गरिएको अध्यक्ष लिम्बूले बताए । थप उपचारको लागि सुविधा सम्पन्न अस्पताल लैजान रेफर गरि २ बजे एम्बुलेन्स मार्फत बिरामीलाई झापा लगिएको वडा नम्बर १ का स्वास्थ्य चौकी इन्चार्ज छवि निरौलाले जानकारी दिए । टाउकोमा समेत उनको गम्भीर चोट भएकी घाइतेको चुडिएको हात पनि साथमा लगिएको उनले बताए ।

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार