माओवादी केन्द्रद्वारा फाल्गुनन्द गाउँपालिकामा ज्ञापन–पत्र

  नयाँ बुलन्द
623 Shares

 

पाँचथर : नेकपा (माओवादी केन्द्र) फाल्गुनन्द गाउँकमिटीद्वारा पाँच बुँदे माग सहितको ज्ञापन–पत्र पालिकामा बुझाएको छ ।

संविधानको मूल मर्म,जनताको चाहना र आवस्यकता अनुसार पालिका सरकार अघि बढ्न नसकेको आरोप लगाउदै पालिका कार्यालयमा मंगलबार पत्र बुझाएको हो ।

पालिका अध्यक्ष वीर बहादुर कुरुम्बाङ,उपाध्यक्ष देवित्रा कुमारी आङ्देम्वे र प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोक समेतलाई कार्यालयमा माओवादी केन्द्र पालिका कमिटी अध्यक्ष इन्द्र कुमार नेम्बाङद्वारा हस्ताक्षरित पत्र हस्तान्तरण गरिएको केन्द्रका अध्यक्ष नेम्वाङले जानकारी दिए ।

गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ को बजेट,नीति तथा कार्यक्रमको रातो किताब हालसम्म सार्वजानिक नगरेको, बजेट तथा विकास परियोजना असमान र जनप्रतिनिधि केन्द्रित ढंगले वितरण गरिएको उल्लेख छ । संघ र प्रदेश सरकारबाट प्राप्त केही योजनाहरु अधुरै रहेको र त्यसलाई तत्काल चालू गर्न पनि माग गरिएको छ ।
कतिपय कर्मचारी र जनप्रतिनिधिले आफ्नो जिम्मेवार बहन नगरेको समेत आरोप लगाउँदै सबै त्रुटी सच्याउन ध्यानाकर्षण गराउँदै सुधार नगरिएमा संघर्षमा उत्रिने समेत चेतावनी दिइएको छ ।

यता,पालिका अध्यक्ष कुरुम्बाङले ०७८/०७९ को गाउँसभाबाट पारित योजना तथा बजेटमा कुनै त्रुटि नभएको र रेडबुक एक हप्ता भित्र तयारी भइसक्ने बताएका छन् । संघ र प्रदेशको अधुरो योजनाहरु भने हाल बहालवाला सरकारको तर्फबाट नै असयोग भए तैपनि पालिकामा कर्मचारी कमि भए पनि सुशासन र जनताको काममा कुनै कन्जुस्याइँ नगरेको दावी गरेका छन् । हरेक आर्थिक वर्षको बजेट विनियोजन भने आवश्यकताको आधारमा समावेशी र जनपक्षीय ढंगले भएको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार