नेपाल बायुसेवाको जहाजले इलाममा सफल परीक्षण उडान

  नयाँ बुलन्द
931 Shares

इलामको सुकिलुम्बा विमानस्थलमा सफल परीक्षण उडान

इलाम । इलाम सदरमुकाममा रहेको फाल्गुनन्द सुकिलुम्बा  विमानस्थलमा बुधबार सफल परीक्षण उडान गरिएको छ । इलाम नगरपालिका वडा न ९ मा रहेको विमानस्थलको धावामार्ग कालोपत्रे निमार्णको काम सम्पन्न भएपछि नेपाल बायुसेवा निगमको 9N-ABT विमानले परीक्षण उडान गरेको हो । आउँदो फागुन ८ देखि नियमित उडान हुन लागेको बिमानस्थलमा सफल परिक्षण भएको छ । बुधबार भएको परिक्षण उडान बिमानस्थलको धावनमार्ग कालोपत्रे भएपश्चात पहिलो उडान भएपनि यो बिमानस्थलको परिक्षण उडान भने द्रोस्रो पटक भएको हो । यस अघि तारा एयरको बिमानले कच्ची धावनमार्गमा गत २०७५ सालको जेठमा पहिलो पटक सफल परिक्षण गरेको थियो ।

बुधबार मुख्य क्याप्टेन पेम्बा शेर्पा, क्यापटेन रक्क्षित मल्ल र नागरिन उड्ययन प्राधिकरणको टोली सहित ११ जनालाई लिएर नेपाल बायुसेवाको बिमान काठमाडौं बाट इलाम उडान गरेको हो । काठमाडौं बाट बिहान ९ :०७ मा उडेको विमान १०ः०४ बजे इलाम सदरमुकामको सुकिलुम्बा  विमास्थलमा अवतरण गरेको थियो । जहाज बस्नका लागी धावन मार्ग सहज रहेकाले सफल उडान परीक्षण भएको क्यापटेन पेम्बा शेर्पा बताए । उनका अनुसार यो बिमानस्थबाट नियमित उडान गर्न सकिने बताए  ।

यता सुकिलुम्बा बिमानस्थलका आयोजना प्रमुख बिनायक भट्टराईका अनुसार बिमानस्थल नियमित उडानका लागि पुरा भएको भएपनि आबश्यक संरचनाहरु निमार्ण गर्न अझै बाकि रहेको बताए । ७ सय मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्ग सहितको विमानस्थलको शिलान्यास २०६८ सालमा गरिएको थियो । समुद्र सतहबाट १ हजार १ सय ५० मिटर उचाइमा रहेको उक्त स्थानमा प्रायः घाम लागिरहने भएकोले विमानस्थलका लागि उपयुक्त भएको बताइएको छ । यो बिमानस्थलले पूर्वी पहाडी जिल्ला र सीमापारी भारतको दार्जि्लिङ, सिक्किम लगायतका बासिन्दाका लागि सहज हुने ठानिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार