लाप्साङ शेर्पा नेकपा एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश, सभापति खड्का द्वारा स्वागत

  नयाँ बुलन्द  1288 पटक हेरिएको

इलाम : इलामका युवा नेता एवं समाजसेवी लाप्साङ शेर्पा नेकपा एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

इलाम सदरमुकाम स्थित नेपाली कांग्रेस पाटी कार्यलायमा आयोजित कार्यक्रममा शेर्पा सहित अन्य युवाहरु कांग्रेसमा प्रवेश गरेका हुन् । जिल्ला सभापति डम्बर खड्का, जिल्ला सदस्य हुकुमलाल थेबे सहित अन्य नेताले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । नेपाली कांग्रेसले लोकतन्त्र र मुलुकको रक्षा गर्ने निष्कर्ष निकालेर कांग्रेसमा प्रवेश गरेको शेर्पाको भनाइ छ ।

सभापति खड्का र जिल्ला सदस्य थेबेको अग्रसरतामा उनिहरु कांग्रेसमा प्रवेश गरेका हुन् । सभापति खड्काले आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउने गरी काम गर्न नवप्रवेशीलाई आग्रह गरे । खड्काले भने, “ ढुक्क हुनुहोस् कांग्रेसले युवाहरुलाई अरुको मुलुकमा काम गर्न जाने होइन स्वदेशमै उद्यमी बनाउन चाहन्छ ।”

खड्काले लाप्साङजस्ता ऊर्जाशील युवा आउनु कांग्रेसको सुखद भविष्य रहेको बताए । शेर्पा इलामका युवा समाजसेवीका रुपमा समेत परिचित छ्न ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार