सहयोगी हातहरुलाई प्रभु वैंकको सहयोग

  नयाँ बुलन्द
49 Shares


इलाम : न्यून आयस्तर भएकाहरुलाई स्वास्थ्य उपचारमा सघाउदै आएको ‘सहयोगी हातहरु’ संस्थालाई प्रभु वैंकले कम्युटर र प्रिन्टर सहयोग गरेको छ ।

वैंकले सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत करिव ९० हजार रुपैया“ बराबरको सामाग्री मंगवार हस्तान्तरण गरेको हो । २०७३ सालमा स्थापित यो संस्थाले उपचार अभावमा कसैको पनि निधन नहोस भन्ने उदेश्यले कार्य गर्दै आएको अध्यक्ष रतनकुमार चौधरीले जानकारी दिए । प्राप्त कम्युटरको प्रयोग गरि संस्थालाई कार्यलयको गतिविधि चलाउन सहज हुने उनको भनाई थियो ।

यो संस्थामार्फत हालसम्म २ सय जना भन्दा धेरैलाई उपचार सहयोग गरिएको छ । संस्थाको कोषमा ४५ लाख रुपैया“ जम्मा भएको छ । कम्युटर वितरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा सहयोगी हातहरुका सल्लाहकार गणेश वराल, प्रभु वैंक इलामका प्रवन्धक सुशान्त सेडाई, हिराकाजी घले लगायतले संस्थाको गतिविधिको वारेमा प्रकाश पारेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार