प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार,१४ सदस्यीय पुग्यो

  नयाँ बुलन्द
168 Shares

इलाम : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री राईले ५ सदस्यीय मन्त्रिमण्डललाई विस्तार गरेर १४ सदस्यीय बनाएका हुन् । त्यसमा एक जना राज्यमन्त्री रहेका छन् भने १२ जना मन्त्री रहेका छन् ।

मुख्यमन्त्री कार्यालयका अनुसार रामकुमार राई, राजन राई, खिनु लिम्बु, झलकबहादुर मगर (सन्देस) , शेखरचन्द्र थापा, ओम प्रकाश सरावागी, प्रतापप्रकाश हाङगाम, उपेन्द्रप्रसाद घिमिरे मन्त्री नियुक्त भएका छन् । यस्तै विष्णु तुम्बाहम्फे राज्यमन्त्री बनेका छन् । झापाबाट सरावगी र मगर समेटिएका छन् ।

गत कात्तिक १६ मा गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरिएको मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।

केहीअघि बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय फुटाउने निर्णय गरेर क्याबिनेट जम्बो बनाइएको हो । इन्द्रबहादुर आङवो (आर्थिक मामिला ), हिमाल कार्की (सडक पूर्वाधार तथा सहरी ), केदार कार्की (आन्तरिक मामिला ), जयराम यादव (स्वास्थ्यमन्त्री ) यसअघि नै बनेका थिए ।

आइतबार थपिएका रामकुमार राई (खानेपानी तथा सिंचाई तथा ऊर्जा ), राजन राई (सामाजिक विकास ),खिनु लिम्बू (पर्यटन तथा संस्कृति ), झलकबहादुर मगर (कृषि), शेखरचन्द्र थापा (बन ,वातावरण तथा भूसंरक्षण), ओमप्रकाश सरवागी (उद्योग, श्रम तथा रोजगार ), प्रतापप्रकाश हाङगाम (भूमि व्यवस्था ) र उपेन्द्रप्रसाद घिमिरे (यातायात व्यवस्था तथा सञ्चार मन्त्री ) बनेका छन् । यस्तै राज्यमन्त्री बनेका विष्णु तुम्वाहाम्फेले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार