एक करोड २० लाख रुपैयाँको आय व्यय प्रस्तुत गर्दै रेडक्रस इलामको बार्षिक साधारण सभा सम्पन्न

  नयाँ बुलन्द  268 पटक हेरिएको

इलाम :नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखाको ३५ औ ं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारण सभामा शाखाको आर्थिक वर्ष २०७८।७९ का लागि शाखाका मंत्री रविन्द्र प्रसाद श्रेष्ठले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रम पारित भएको छ । यस्तै सभामा कोषाध्यक्ष विजय कुमार कार्कीले आर्थिक वर्ष २०७८।७९ को यथार्थ आय व्यय र २०७९।८० को बार्षिक अनुमानित आय विवरण प्रस्तुत गरे ।

आर्थिक वर्ष २०७८।७९ मा एक करोड २० लाख चार सय ६८ रुपैयााको यथार्थ आय व्यय विवरण प्रस्तुत गरेका थिए । शाखाका सभापति शिव प्रसाद गौतमको अध्यक्षतामा भएको साधारण सभामा शाखा अन्तर्गत रहेका विभिन्न उपशाखाका गतिविधिका आधारमा उत्कृष्ट उपशाखाहरुलाई पुरस्कृत गरिएको थियो । दानाबारी उपशाखा बार्षिक गतिविधिका आधारमा पहिलो भएको छ । यस्तै आदिपुर उपशाखा दोस्रो र चुलाचुली उपशाखा तेस्रो भएका छन् । यस्तै रक्तदान गरी एक सय युनिट रगत संकलन गर्ने दानबारी उपशाखाले प्रथम पुरस्कार प्राप्त गरेको छ ।

९६ युनिट रगत संकलन गर्ने चुलाचुली उपशाखा दोस्रो भएको छ । लैंगीक तथा समावेशी गतिविधिका आधारमा सिंहबाहिनी उपशाखा पहिलो र दोस्रो मंगलबारे उपशाखा भएका थिए । साधारण सभामा शाखाले निर्माण गरेको तालिम हल सहितको भवन निर्माणमा हालसम्म ६६ लाख ४९ हजार तीन सय २८ रुपैयाँ खर्च भएको जानकारी दिइएको थियो ।

भवन निर्माणका लागि विभिन्न दाताबाट २३ लाख ४५ हजार नौ सय ४३ रुपैयाँ, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको आन्तरिक श्रोत र उपशाखा मार्फत १५ लाख ९३ हजार २ सय १० रुपैयाँ र विभिन्न संघ संस्था र स्थानीय तहबाट २० लाख ९९ हजार सात सय ३८ रुपैयाँ गरी जम्मा ६० लाख ३८ हजार आठ सय ९१ रुपैयाँ संकलन भएको जानकारी दिइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार