इलाम : नेपाल पत्रकार महासंघ इलाम शाखाका पूर्व सभापति सोमनाथ सुसेली (अधिकारी) लाई मातृशोक परेको छ ।
सुसेली पत्रकार महासंघ प्रदेश १ का पूर्व उपाध्यक्ष तथा इलामका अग्रज पत्रकार हुन् । पत्रकार सुसेलीकी ८२ वर्षीया आमा बिष्णुमाया अधिकारीको शनिबार दिउँसो निधन भएको हो । इलाम नगरपालिका–९ निवासी अधिकारीको घरमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
लामो समयदेखि दम रोगबाट पीडित अधिकारीको शनिबार दिउँसो साढे १ बजे निधन भएको हो । मृतक अधिकारीका श्रीमान, दुई छोरा र एक छोरी छन् । मृतक अधिकारीको आइतबार बिहान माईखोलाको राजदुवाली घाटमा अन्त्येष्टि गरिने बताइएको छ । रेडियो नेपालबाणि एफएम इलामका स्टेशन म्यानेजर तथा इलाम एक्सप्रेस दैनिकका प्रधान सम्पादक हुन् । मृतक अधिकारीका श्रीमान् शिवप्रसाद, छोराबुहारीहरु अविनारायण–ललिता, सोम सुसेली– मेनुका रहेका छन् । निरा र स्व. विष्णुकुमार शर्मा अधिकारीका छोरी ज्वाईँ हुन् ।