म्याङ्लुङ -५ मा नेपाली कांग्रेसकाे टोल कमिटी गठन ।

  टीआर सेनेहाङ
273 Shares

तेह्रथुम । नेपाली कांग्रेस म्याङ्लुङ नगरपालिका वडा न: ५ ले टोल कमिटी बिस्तारलाई तिब्रता दिएको छ । वडास्तरको सबै टोल टोलमा कमिटी गठन गरिने जनाएको कांग्रेस वडा कमिटीले शनिबार साबिकको वडा न: १,२ र ६ मा छुट्टाछुट्टै टोल कमिटी गठन गरिएको हो ।

गाउँका वयोवृद्ध होमकृष्ण बरालको सभापतित्वमा भएको भेलाले पिलिङ्डाडा र थापा नर्कटे टोल कमिटी गठन गरेको छ ।भेलाले तिलाराम भण्डारीको सभापतित्वमा २५ सदस्यीय पिलिङ्डाडा टोल कमिटी गठन गरेको छ । कमिटीको उपसभापतिमा पार्वता बराल,सचिवमा मेघराज तिम्सिना ,सह सचीवमा विवेक लिम्बू र कोषाध्यक्षमा बिमला बराल रहनु भएको छ । त्यसैगरी डम्बर खड्काको सभापतित्वमा २५ सदस्यीय नै थापा नरकटे टोल कमिटी गठन भएको छ । कमिटीको उपसभापतिमा हनबिर खड्का,सचीवमा होम भन्डारी,सह सचिव मोहन लिम्बू र कोषाध्यक्षमा नुमा लिम्बू चयन हुनुभएको छ । आदर्श बहुउद्देश्यीय सहकारी सस्थाको हलमा आयोजित भेलामा नेपाली काङ्ग्रेस तेह्रथुमका सचीव बिपिन निङ्लेकु,प्रदेस सभा `क´ उपसभापति डिल्ली रेग्मी,पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष अमृतकुमार वास्तोला,म्याङ्लुङ नगरकमिटिका कार्ववाहक सभापति होम खड्का,नगर सदस्य नैन बराल,नगर सदस्य चन्द्र तिम्सिना ,ज्येष्ठ नागरिक संघका उपाध्यक्ष भिम बहादुर खड्का लगायतले आ-आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रम म्याङ्लुङ नगरपालिका वडा न. -५ का सभापति राजकुमार सेनेको प्रमुख आथित्यमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार