चौंरी गोठ हिंडेका पाँचथरका एक युवकको चिसोका कारण मृत्यु

  युद्धबहादुर बोहोरा
217 Shares

 

(साँकेतिक तस्वीर : सामाजिक संजालबाट)

पाँचथर: जिल्लाको उत्तरी क्षेत्रमा पर्ने फालेलुङ गाउँपालिकामा चौंरी गोठ हिंडेका एक जनाको चिसोका कारण मृत्यु भएको छ ।
वडा नम्बर ५ टुनिबोटे निवासी अन्दाजी ३१ वर्षिय विशाल मगरको विहिवार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।

अघिल्लो दिन उनका भाइको साथमा घरदेखि १५ किलोमिटर माथि प्राङ्बुङदेखि आहाल भन्ने ठाउँमा गोठतिर जाँदै गरेको र हिमपातका कारण आधा बाटोबाट चिसोले लेक लागेर फर्कन्दै गरेका उनी दुई किलोमिटर तल धुपीडाँडामा झरेपछि हातखुट्टा नचल्ने अवस्थामा पुगेका थियो ।

३ बजे बिहान प्रहरी चौकी प्राङ्बुङले खबर पाएपछि सुरक्षाकर्मी ९ बजे पुग्दा मृत अवस्थामा फेला परेको र तत्काल घटनास्थल सुरक्षित गरि थप अनुसन्धान तथा कानुनी प्रकृया अगाडि बढाइएको प्रहरी कार्यालयके जनाएको छ ।
यी क्षेत्रहरुमा हरेक वर्ष यस समय बाक्लो हिमपात हुने गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार