गठबन्धन भत्किए पनि एमसीसी अघि बढाउन प्रधामन्त्री प्रतिबद्ध

  नयाँ बुलन्द
56 Shares

काठमाडौं: एमसीसीका विषयमा भएको अन्योलले देशलाई घाटा हुने भन्दै प्रधानमन्त्री शेर बहादुर देउवा सम्झौतालाई संसदबाट अविलम्व पारित गराउन प्रतिबद्ध देखिएकान छन्

। तर सहयात्री माओवादी केन्द्र र एकीकृत समाजवादीले भने सहमतिबिना सम्झौंता अघि बढे गठबन्धनबाट बाहिरिन सक्ने चेतावनी दिएका छन् ।

नेपालको हित कसरी हुन्छ भन्नेमा आफू पनि सचेत रहेको तर सहयात्री दलका नेताहरले नबुझेको भन्दै प्रधानमन्त्री देउवा असन्तुष्टि जनाएका छन् ।

एमसीसी स्विकार गरे कति आर्थिक सहायता आउँछ भन्ने एउटा कुरा हो । तर सम्झौता अनुमोदन नभए अमेरिका र चीनको भूराजनीतिक चेपुवामा नेपाल पर्छ ।

देशलाई यो झमेलाबाट जोगाउन सम्झौता पास गर्नुपर्छ । तपाईहरुले साथ दिनु होस् भनेर प्रधानमन्त्रीले पटक –पटक भन्नु भएको छ एक मन्त्रीले भने अमेरिकी अनुदान फिर्ता भए त्यसको असर विकास साझेदार संस्था तथा राष्ट्रहरुको सहयोगमा पर्छ भन्नेमा प्रधामन्त्री चिन्तित रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार