काठमाडौं : नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मूल्य बढाएको तीन हप्ता नबित्दै निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएर १४२ रुपैयाँ तय गरेको छ ।
डिजेल÷मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर तीन रुपैयाँले बढाएको हो । नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १२५ पुगेको छ ।
एलपी ग्यासको मूल्य यथावत राखिएको छ । एलपी ग्यासमा प्रति सिलिन्डर ५६० रुपैयाँ घाटा भइरहँदासमेत हाललाई यथावत राखिएको निगमले जनाएको छ ।
साथै आन्तरिक हवाई इन्धनमा प्रति लिटर १० रुपैयाँले वृद्धि गरी ११६ रुपैयाँ तय गरिएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर १०० अमेरिकी डलरले वृद्धि गरी १,०९५ कायम गरिएको छ । यसअघि निगमले माघ ५ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।