चुलाचुली गाउँपालिकाको सडक स्तरोउन्नतीमा जोड

  नयाँ बुलन्द
91 Shares

इलाम : इलामको चुलाचुली गाउँपालिकाले सडक स्तरोउन्नती र कालोपत्रे गर्ने कामलाई प्राथमिकता दिएको छ । नयाँ ट्रयाक खोल्ने योजना बन्द गरि धुले सडकलाई ग्राभेल गर्दै आएको गाउँपालिकाले चालु आर्थिक वर्षबाट कालोपत्रे गर्ने कामलाई प्राथमिकता दिएको हो । दक्षिणि इलामको चुलाचुली गाउँपालिकाले सडक कालोपत्रेलाई प्राथमिकता दिएको छ । समथर भु–भाग रहेको चुलाचुली भित्रका प्राथमिकता प्राप्त धुले सडकहरु ग्राभेल गर्ने काम सकिएपछि गाउँपालिकाले सडक कालोपत्रे गर्ने नीति लिएको हो ।

वडा नम्बर १ देखि ६ सम्म जोड्ने चुलाचुली मार्गसँगै झापाबाट चुलाचुली जोड्ने पालिकास्तरीय सडक कालोपत्रे गर्ने काम अहिले धामधम भइरहेको छ ।

प्रशासनिक सेवाका दिन आवश्यक भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेकाले सडक कालोपत्रेले प्राथमिकता पाएको प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले बताउनु भयो ।

पाहिलो चरणमा वडाबाट गाउँपालिकाको केन्द्र जोड्ने सडकको कालोपत्रे गरिने छ । इलाम झापाको सीमावर्ती क्षेत्रदेखि चुलाचुली गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्रेको काम अहिले अन्तिम चरणमा पगेको छ ।

चालु आर्थिक वर्षमा गाउँपालिकाको केन्द्रकाट वडा जोड्ने १५ किलोमिटर सडक कालोपत्रे भइसक्नेछ । सडक कालोपत्रेका लागि प्रदेश र संघीय सरकारको समपूरक कोषमा गाउँपालिकाले थप गरि बहु-वर्षे ठेक्का संझौता गर्दै आएको छ ।

जनप्रतिनिधि निर्वाचित भएपछि चार वर्षमा धुले सडकहरुलाई ग्राभेल गर्ने काम सकिएकाले कालोपत्रे गर्ने काम थालिएपछि जनताले पूर्वाधारमा परिर्वतनको अनुभुति पाएको गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले बताउनु भयो ।

सडक कालोपत्रे गर्न आवश्यक ढुङ्गा–गिटि चुलाचुली भित्रकै खोलाहरुमा प्रशस्त पाइन्छ । जसले गर्दा पहाडी क्षेत्रको तुलनामा कालोपत्रे गर्ने खर्च कम लाग्ने गरेको छ । चुलाचुली गाउँपालिकाले सडक गुरुयोजना निर्माण गरी नयाँ ट्रयाक खन्ने काम बन्द गरी सडक स्तरोउन्नती र कालोपत्रेलाई प्राथमिकता दिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार