भक्तपुर सिडिओ कार्यालयले दर्ता गर्‍यो ओलीविरूद्धको उजुरी

  नयाँ बुलन्द
175 Shares

eQmk’/, !@ df3 -/f;;_ M g]skf Pdfn]sf cWoIf s]kL zdf{ cf]nL afnsf]6l:yt cfkmg} lgjf; cufl8 cfhaf6 /fli6«o o’jf ;+3 g]kfnn] z’? u/]sf] ;KtfxJofkL v’Nnf /Qmbfg cleofgdf ;xeflu x’b} . tl:j/ M /d]z lu/L, /f;;

भक्तपुर : भक्तपुर प्रशासन कार्यालयले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरूद्ध उजुरी दर्ता गरेको छ।

सोमबार संक्रमण फैलाउन नहुने कसूरमा अध्यक्ष ओलीविरूद्ध उजुरी दर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्।

‘उजुरी आएको छ। दर्ता भएको छ,’ उनले भनिन्,‘संक्रामक ऐन २०२० को संक्रमण फैलाउन नपाउने भन्ने व्यवस्था छ। पूर्वप्रधानमन्त्रीज्यू कार्यक्रममा जानुभयो भन्ने खालको उजुरी आएको हो।’

यसबारेमा प्रमुख जिल्ला अधिकारीले हेर्ने भएको हुँदा यसको प्रक्रिया अघि बढ्ने उनले बताइन्।

प्रशासन कार्यालयमा आइतबार नै संक्रमित हुँदाहुँदै पनि कार्यक्रममा सहभागी भएको भन्दै एक व्यक्ति उजुरी दिन पुगेका थिए। तर प्रमुख जिल्ला अधिकारी कार्यालयमा नहुँदा दर्ता भएको थिएन।

उजुरीमा अध्यक्ष ओलीमाथि संक्रामक रोग ऐन, २०२० अन्तर्गत कारबाही गर्न माग गरिएको छ।

अध्यक्ष ओलीले गत माघ १२ गते एमालेको भातृ संगठन युवा संघले बालकोटमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार