इलाम : इलाममा दुर्घटनास्थलबाट नगद र सुन चोरिएको घटनाबारे छानबीन गर्न प्रहरीले समिति बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, इलामले घटनाबारे छानबीनका लागि प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाको नेतृत्वमा तीन सदस्यीय छानबीन समिति बनाएको हो ।
घटनामा उनीहरुको साथमा रहेको करिब चार लाख रुपैयाँ र आधा तोला सुनको औंठी हराएको थियो ।
मृतकका भाइ मनोजकुमार थापाका अनुसार इलामबाट खसीबाख्रा खरीद गरी झापामा ल्याएर विक्री गर्ने थापा दाजुभाइले दुर्घटना भएको दिन जिप लिएर इलामतर्फ जाँदै थिए ।
जिल्ला प्रहरी कार्यालय, इलामले सोमबार विज्ञप्ति जारी गर्दै ‘सञ्चारमाध्यममा आएको विषयबारे’ विस्तृत रुपमा अध्ययन भइरहेको भनेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनामा कसैको संलग्नता पाइए कानून बमोजिम कडाभन्दा कडा कारबाही हुनेछ ।’
प्रहरीका अनुसार जीप अनियन्त्रित भएर सडकबाट ५ सय मिटर तल खसेको थियो ।
हेर्नुस् जिल्ला प्रहरी कार्यालय इलामले निकालेको विज्ञप्ति