थरीथरीका ‘राई’हरु र एनजिओको राज्य माग सम्बन्धमा         

  निनाम लोवात्ती
168 Shares

निनाम लोवात्ती

हो, संभवतः विश्वमा कहीँ पनि एनजिओले राज्य पाएको छैन र, पाउँदैन पनि । तापनि नेपालमा भने विसं २०६२/०६३ को राजनैतिक परिवर्तनसंँगै नेपालमा कथित् ‘राई !’ जातिको नाममा खुलेको राई यायोेक्खा (स्मरण रहोस्, ‘यायोक्खा’ बान्तावा जातिको भाषा हो अरे ! र, ‘यायोक्खा’को अर्थ भने यो पंक्तिकारलाई थाहा भएन) नामक एक एनजिओले भने नेपालमा राज्य मागेको थियो/अभैm माग्दै छ !? जुन एनजिओको संस्था दर्ता ऐन–२०३४ अनुसार समाज कल्याण परिषदमा दर्ता भएको छ । सो एनजिओ/संस्थको ‘समाज कल्याण परषिद (सकप)’ दर्ता नम्बर–२६५६ रहेको छ भने, काठमाण्डौ जिल्ला प्रशासन कार्यलय (काजिप्रका) रजिस्टर्ड नम्बर–३२८/०४९/०५० रहेको छ ।

अचम्म के भने, कथित् ‘राई !’ जाति यो लेखमा कथित् भन्ने शब्द किन प्रयोग गरिएको हो भने, विसं २०२१ सालमा आएको भूमिसुधार ऐन–२०२१ जिल्ला, गौंडा, गोश्वारा, अमाल, अमिनी, गाउँ, टोल, वस्तीमा लागू हुनुअघि त्यो वेलाको भाषामा ‘रैती’/‘ढाक्रे’ भनिने र, अहिलेको भाषामा जनता भनिने सर्व साधारण मान्छेहरुले आप्mनो नामको पछाडि ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘गोवा’, ‘चौधरी/चौधराई’, ‘कारबारी’, ‘थरी’ आदि पदहरु लेख्न पाउँदैन थिए । तर, विसं २०४६ सालको राजनैतिक परिवर्तनसँगै कथित् ‘राई !’ जातिको नाममा खुलेको राई यायोेक्खा नामक एनजिओका हर्ताकर्ता ‘राई सर/राईनी म्याडम !’हरुले पनि राज्य माग्ने गर्छन् । अचम्म उनीहरुले त्यसरी राज्य माग्ने क्रममा आप्mनो जात वा जातिअनुसार ‘राई !’ राज्य, ‘राई !’ संघ अथवा ‘राई !’ प्रदेश नमागेर ‘किरात राज्य वा प्रदेश’ माग्ने गरेको छ ।

नेपालका अन्य जातजातिहरुले आप्mनो जात वा जातिअनुसार राज्य वा प्रदेश माग्ने गरेका छन्/थिए । जस्तो कि लिम्बु नेपालको एक जाति भएकोले लिम्बुले लिम्बुवान राज्य माग्दैछ । उता थारु पनि नेपालको एक जाति भएकोले थारुहरुले थारुवान राज्य माग्दैछ । त्यस्तै मगर पनि नेपालको एक जाति भएकोले मगरात राज्य माग्दैछ । तामाङले तामाङसालिङ । तर हाम्रा राई जाति हौं भन्ने ‘राई सर/राईनी म्याडम !’हरु भने आप्mनो जात वा जातिअनुसारको ‘राई !’ राज्य वा प्रदेश नमागेर किन ‘किरात राज्य’ माग्दै छन् ? यदि ‘राई !’ जात वा जाति हो भने त ‘राई !’ राज्य पो माग्नुपर्ने होइन र ? कि कसो हौ, नेपालका मै हुँ भन्ने र, आपूmलाई घागडान बौद्धिक अथवा विद्धान सम्झने इतिहासकार, प्रा., डा., प्राडा, वरिष्ठ लेखक, विश्लेषक, ज्ञाता, विद, विज्ञ, बुद्घिजीवी आदि सम्झने महानुभावहरु !?

फेरि पनि माथिकै कुरो एक पटक फेरि दोहोर्याएर भन्नु पर्दा साँचो अर्थमा विश्वका जुनसुकै देशमा चलेका वा चलाईएका आईएनजिओ र एनजिओहरुले राज्य मागेको र, त्यस्ता आईएनजिओ अथवा एनजिओहरुले राज्य पाएकोे इतिहासमा कही पनि देखिएको वा भेटिएको छैन भन्ने भनाइ रहेको छ, आईएनजिओ अथवा एनजिओ सम्बन्धी जानकारहरुको । बरु आईएनजिओ अथवा एनजिओहरुले सम्बन्धित देश (जस्तै विगतमा अफ्रिका महादेशको जिम्बाबे भन्ने देशमा आईएनजिओ अथवा एनजिओहरुले सरकार नै चलाउन खोज्दा जिम्बाबेका तत्कालीन राष्ट्रपति रोबर्ट मुगाबेले देशमा भएका आईएनजिओ र एनजिओहरु खारेज गरेका थिए । तर, राष्ट्रपति मुगाबे आप्mनो निर्णयमा धेरै समय टिक्न सकेनन् । किनभने केही समयपछि नै फेरि जिम्बाबेमा कार्यरत आईएनजिओ/एनजिओहरु चल्न दिन वाध्य भएका थिए ।) मा सरकार चलाएको (कुनैकुनै देशको सरकारलाई आपूm अनुूकल चलाएको) सम्म देखिन्छ । तर, ‘कहीँ नभएको जात्रा हाँडी गाऊँ (नेपाल) !’ मा हुने देश भएकोले होला, नेपालमा अहिलेसम्म पनि यदाकता एनजिओ वा भनौं सामाजिक संस्था ! ले पनि बकाईदा साथ राज्य मागेको देखिन्छ, माग्ने गर्छ । यसरी हेर्दा नेपालमा कथित् ‘राई !’ जातिको नाममा खुलेको राई यायोेक्खा नामक एक एनजिओका हर्ताकर्ता ‘राई सर/राईनी म्याडम !’हरुले हालसम्म नाम नजुरेको एक नम्बर प्रदेशलाई ‘किरात प्रदेश’ नाम राख्नुपर्ने माग राखेको भनी वेला–वेला विभिन्न पत्रपत्रिका, अनलाइन न्युजपोर्टल, युट्युब च्यानल (उनीहरुले यस्तो कुरो आपूm अनुकूल र निकट रहेका/भएका अनलाइन न्युजपोर्टल र युट्युब च्यानलमा प्रचारप्रसार गर्ने गरेको देखिन्छ ।) मा समाचार आउने गरेको छ ।

स्मरणीय कुरो के छ भने, वास्तवमा ‘राई !’ भनेको नेपालको कुनै जात वा जाति नभएर नेपालको भगौलिक एकीकरणपछि शाह राजा एवम् श्री ३ महाराज (राणा) हरुले त्यसवेलासम्म एकै रहेको किरातीहरुको भूमिलाई समेत फुटाएर स्थानीयस्तरमा तिरो–भरो उठाउन, हिन्दू धर्म दसैं, सत्यनाराणयको पूजा लगाउन, बाहिर–फेर/विदेशमा कमाउन वा भर्ती हुन गएर आएका स्थानीयहरुलाई पतिया दिने लगायत ‘रैती/ढाक्रे’हरुलाई पनि दसैं मनाउन लगाउन र, पञ्चखत बाहेकको मुद्धा मामिला ‘राई !’ पद पाएका तालुकदार अथवा भनौं जिम्मावालहरु आपैmले स्थानीयस्तरमा मिलाउने अधिकारसहित पाएको पदवी वा पगरी मात्रै हो/थियो । अर्को महत्वपूर्ण तथ्य भनेको ‘राई !’ शब्दको सुरु वा व्युत्पत्ति भनेको ‘राया’/‘राय’ हो । कर्णाली प्रदेशमा त्यो वेला राजालाई ‘राया’/‘राय’ भनिन्थ्यो भने सर्व प्रथम ‘राया’/‘राय’ शब्द भारतको तत्कालीन राज्य चितांैर अथवा चित्तौरमा प्रयोग भएको थियो ।

हुन त त्यो वेला राई मात्रै नभएर, “सुब्बा, मुखिया, देवान, पटवारी, चौधरी/चौधराई, गौरुङ, थरी, कारबारी, बहिदार, हुक्के, बैठके, तोहले, खरदार, बडाकाजी, चौतरिया, भारदार, उमराव, ढोके, सइस, मुन्सी, खजाञ्ची, मीरसुब्बा, डिट्ठा, गुरुज्यु, काजी, सरदार, बडा गुरुज्यु, मोते, छाते, हुलाकी, पण्डित, महापण्डित, गोवा” आदि पदहरुको पनि श्रृजना गरिएको थियो । तर, अहिले आएर ऊ वेला त्यस्तो पद वा पदवी पाएका मान्छे (कोही कुनै) का सन्तानहरुले पनि आप्mना पिता–पूर्खाले विगतमा पाएका पदहरुलाई नै जात, जाति वा थर/उपथर हो भनी लेखेको पाइँदैन, भनेको सुनिदैन । तर, कसैले अभैm पनि विगतमा आप्mना पिता–पूर्खाले पाएको ‘राई’, पदलाई नै जात वा जाति अथवा थर/उपथर मान्छन् भने त्यसमा हाम्रो (अरु कसैको पनि !) आपत्ति रहने छैन । तर, उनीहरुले हामी (कुलुङ लगायतका जातिहरु) लाई पनि आप्mनो असली जातीय स्वपहिचान ‘कुलुङ’ले चिनिन दिऊन् भन्ने हो । साथै उनी (राई जातिवादी कामरेड) हरुले ‘राई !’ भनेको जात वा जाति नभएर नेपालको भगौलिक एकीकरणपछि शाह राजा र राणा शासकहरुले त्यस बेलासम्म एकै रहेका किरातीहरुलाई फुटाएर स्थानीयस्तरमा तिरोभरो उठाउन र, पञ्चखत बाहेकको मुद्धा मामिला स्थानीयस्तरमै मिलाउन दिएको पदवी वा पगरी मात्रै भए तापनि ‘अब हामी त्यही ‘राई !’ पदवी वा पगरीलाई जाति मान्छौं !’ भनी पत्रकार  सम्मेलन गरेर र, प्रष्ट पारेर सार्वजनिक रुपमै अघि बढे अझ राम्रो हुन्थ्यो भन्ने हो । साथै पहिले–पहिले ‘राई !’ भनी चिनिएिका तर, अब आप्mनो असली जातीय स्वपहिचान ‘कुलुङ’ले चिनिन चाहने कुलुङ लगायत अन्य जातजातिलाई सामन्तवादको प्रतीक वा अवषेश ‘राई !’ शब्दलाई नै जात वा जाति मान भनेर दवाव दिँदैनौं भनेदेखि अझ ‘सुनमा सुगन्ध’ हुन्थ्यो । स्मरणीय के छ भने, विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिको अलग्गै जातिगत तथ्यांक आई सकेको छ । सो तथ्यांकअनुसार कुलुङ जातिको जनसंख्या २८ हजार ६१३ र कुलुङ मातृभाषी संख्या ३३ हजार १७० आएको छ । सोही तथ्यांकको आधारमा केन्द्रीय तथ्यांक विभागले गएको १२ औं राष्ट्रिय जनगणना (विसं २०७८) मा पनि कुलुङ जातिलाई अलग्गै ‘जातिगत कोड–६२’ र ‘भाषागत कोड–२९’ उपलब्ध गराएको थियो ।

हुन पनि धेरै जसो मान्छेहरुले नपत्याऊलान् ! जातीय स्वपहिचानको सवालमा स्थिति कस्तोसम्म आयो भने, विसं २०५८ सालमा राजा ज्ञानेन्द्रले लालमोहर लगाएको ‘आदिवासी जनजाति उत्थान प्रतिष्ठान (आजउराप्र) ऐन–२०५८’ अन्तर्गत नै राई जातिमा सूचीकृत भएर, कथित् राई जातिको नाममा राईंदाईं गर्दै आएको ‘राई !’ यायोक्खाका (स्मरण रहोस्, ‘यायोक्खा’ शब्द कुनै माइकालाल राई ! को भाषा नभएर बान्तावा जातिको भाषा हो भन्ने त माथि नै एक प्रसंगमा उल्लेख गरिएको छ ।) हर्ताकर्ता राई सर राईनी म्याडमहरु राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई प्रधानमन्त्री पदबाट हटाएर आपैmले कार्यकारी अधिकारसहित शासनसत्ता हातमा लिएपछि प्रतिष्ठानबाट हटेनन् । तर, सोही ऐनको कुनै दफामा उललेख भएको व्यवस्था अन्तर्गत आदिवासी जनजाति सूचीमा सूचीकृत हुन चाहने कुलुङ जातिका अगुवाहरुले फेरि पहल गर्दा ‘राजालाई जात माग्न दरबारमा गयो !?’ भन्ने हौवा फिँजाए । खासमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रष्ठिान ऐन–२०५८ को परिच्छेद ३ दफा ७ मा सञ्चालक परिषद गठन शीर्षकमा भनिएको छ –‘प्रतिष्ठानका तर्फबाट सम्पादन गर्नुपर्ने कार्य सम्पादन गर्नका लागि प्रतिष्ठानको सर्वोच्च अंगको रुपमा देहाय बमोजिमको एक सञ्चालक परिषद रहनेछ भन्ने वाक्य रहेको छ । सो अनुसार १, प्रधानबन्त्री अध्क्षय २, स्थानीय विकासमन्त्री वा राज्यमन्त्री सहअध्क्षय ।’ ३, …। ४, …। ५, …। यस्तो व्यवस्थाअनुसार त्यो बेला स्वतः तत्कालीन राजा ज्ञानेन्द्र शाह प्रधानमन्त्री जस्तै प्रतिष्ठानका अध्यक्ष भएका थिए । माथि भएको व्यवस्थाअनुसार नै ज्ञानेन्द्र शाह सरकार प्रमुख भएको वेला कुलुङ जातिका अगुवाहरुले पुनः सूचीकरणका लागि प्रतिष्ठानमा दिएको निवेदनलाई आधार मानेर यायोक्खाका हर्ताकर्ताहरुले ‘कुलुङे ढाक्रेहरु दरबारमा जात माग्न गयो !?’ भनी हौवा फिँजाए ।

त्यसो त राई जात वा जाति होइन भन्ने कुरो त २०२१ सालमा आएको भूमिसुधार ऐन पूर्ण रुपमा लागू हुनु अघिसम्म तालुकदार वा लालमोहरवाला असली राई बाहेकका रैतीहरुलाई आप्mनो नामको पछाडि राई ! लेख्न नदिने गरेको इतिहासले नै बताउंँछ । अझ बढी जानकारीका लागि भन्नै पर्दा राई भनेको जात होइन भन्ने त संखुवासभा जिल्लाको तत्कालीन पाथीभरा गाविसको बाह्रबिसेका वनेम थरका लिम्बुहरुले विसं १८३१ मा ‘राई !’ पद पाएको आधारमा नामको पछाडि राई लेख्दै आएको, उनीहरु असलीयतमा लिम्बु भएको थाहा भएपछि राई पद त्यागेर विसं २०६६ मा पुनः लिम्बु जाति नै भएको उदाहरणले पनि देखाउँछ । सो समाचार अन्नपूर्ण दैनिक लगायत विभिन्न पत्रपत्रिका, एफएम रेडियो, टिभी आदिमा पनि आएको थियो । साथै दुई–दुई पटक केन्द्रीय (श्रम र सहरी र सहरी विकासमन्त्री) सरकारको मन्त्री भएका बाँकेका माननीय मोहम्मद इस्तियाक राई पनि ‘राई !’ छन् । उनी नाम सुन्दै मुसलमान होइनन् र ? यदि राई जात वा जाति नै हो भने ती मोहमद इस्तियाक नाम भएका मुसलमान कसरी राई भए ? त्यस्तै हिन्दी सिने उद्योगकी चल्तापूर्जा कलाकार ऐश्वर्य राई पनि ‘राई !’ लेख्छिन् । उनीहरु राई सर र, राईनी म्याडमहरुको दाजुभाई, दिदीबहिनी हो ?

अर्को महत्वपूर्ण प्रश्न के छ भने, राईको ऐतिहासिक भूमि कहाँं हो ?, राईको वंश को हो ?, राईको पुस्ता वा वंश सुर भएको कति भयो ?, राईको छुट्टै मातृभाषा कुन हो ?, राईको मौलिक भेषभुषा के हो ?, राई जाति भन्नेहरुको परम्परागत कानुन कस्तो छ ? राईको मौलिक चाडबाड कुन हो/कस्तो हुन्छ ? देखाउन पर्छ कि पर्दैन ? अहिलेसम्म त राईको भाषा भन्दै बान्तावा जातिको भाषामा आप्mनो एनजिओको नाम राख्ने र राई चाड भन्दै चाम्लिङ जातिको ‘साकेला’ नाच्दै उफ्रीपाफ्री गर्ने गरेकोे देखिन्छ । तर, यो क्रम कहिलेसम्म चल्ला ? किनभने, भोलि गएर बान्तावा जातिले आप्mनो मातृभाषा अरुलाई चलाउन/लेख्न दिन्न भन्यो भने के हुन्छ ? त्यस्तै चाम्लिङ जातिले पनि आप्mनो ‘साकेला’ नाच अरुलाई नाच्न दिन्न भन्यो भने के हुन्छ ? वेला छँदै विचार गरौं है, धेरै नै पढालेखा (एकै व्यक्तिले दशौं दर्जन विषयमा मास्टर्स, एमफिल, डाक्टर गरेको/पढेको !?) भन्ने र भनिने राई सर राईनी म्याडमहरु ।

फेरि विगतमा राई भएर तिरोभरो उठाएका वा राई पगरी वा पदवी पाएका बस्नेत राई, कार्की राई, पाण्डे राई, कोइराला राई, माझी राई, मगर राई आदि राईहरुले पनि अगाडि ‘किरात बस्नेत क्षेत्री राई संघ’, ‘किरात कोइराला बाहुन राई संघ’ ‘किरात मगर राई संघ’, ‘किरात कार्की क्षेत्री राई संघ’ किरात माझी राई संघ, किरात दनुवार राई संघ आदि संघ खोलेर राईयोयोखा नामक एनजिओमा कथित् राई भाषीको (जात वा जातिको होइन) सदस्यता वा सम्वद्धता माग्न आएमा उक्त एनजिओले उनीहरुलाई पनि कथित् राई जातिको भाषिक सम्वद्धता दिने हो ? जसरी मकवानपुरतिरका केही दनुवारका अगुवाहरुलाई उचालेर ‘देवास राई’ भनेर फुटाएर कथित् राई जातिको सम्वद्धता दिएको छ । स्मरण रहोस्, काठमाण्डौमा कार्यरत दनुवार जातिका केही अगुवाहरुका अनुसार ‘देवास’ भनेको दनुवारहरुको कूल देवताको नाम हो, दनुवार जातिका गुरुहरुले खेलाउने देवताको नाम हो ।

अभैm भएन भने, राई के हो ? भन्ने बारेमा सबैभन्दा स्पष्टसँग समाजशास्त्री डोरबहादुर विष्टले ‘सबै जातको फूलबारी’ भन्ने किताब पढ्नु होस् । उहाँले आप्mनो किताब सबै जातको पूmलबारीको पाना नम्बर ५ मा –‘राई भन्ने खासगरी कुनै जातिको नाम भने होइन । यो राई शब्दले विगतमा कुनै जाति भने जनाउंँथेन । यो त स्थानीयस्तरका तालुकदार वा मुखिया जस्तो मात्रै हो । पछि त्यसैलाई जाति मान्न थालियो ।’ त्यस्तै राई शब्दको मूल उत्पत्ति ‘राय’लाई मान्दा पूर्वका लिम्बुहरुले पनि सुरुमा ‘राय’ वा राई नै लेख्थे । थप पुस्टिका लागि कमल तिगेला र भवानी बरालले लेखेको ‘लिम्बुवानको राजनीति’ नामक किताबको पेज २७ मा हेर्दा हुन्छ । उता चाल्र्स म्याक्डग्लसले पनि ‘द कुलुङे राई’ नामक किताबमा ‘सुरुमा राई शब्दले जाति जनाउंथेन । स्थानीय प्रमुखलाई जनाउँथ्यो । पछि सबैलाई राई भन्न थालियो ।’ भनेर लेखेका छन् । हुन त मङ्गोलियाका पूर्व प्रधानमन्त्री पनि ‘जस राई !’ थिए भने, जिम्बाबेका पूर्व प्रधानमन्त्रीको नाम पनि ‘मोर्गान सुभाङ्गी राई !’ नै रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार