अनलाइन न्युज पोर्टलः किन ‘ऐन-नियमले नबाँध्ने ?’

  निनाम लोवात्ती
119 Shares

निनाम लोवात्ती

नेपालका केही अनलाइन न्युज पोर्टल (उनीहरु आपूmलाई डिजिटल पत्रिका भन्न रुचाउँछन्) हरुको समाचार दिने शैली र उनीहरुले प्रकाशित गर्ने/छाप्ने/अपलोड गर्ने गरेको लेख, रचना, फिचर, आलेख आदि हेर्दा खासै खोट देखिँदैन, उनीहरु सही सलामत ढंगले नै सञ्चालन भएका हुन् ! भन्ने देखिन्छ । त्यसैले उनीहरुले आप्mनो अनलाइन न्युज पोर्टलका बारेमा समग्र सूचनाहरु पनि राखेका हुन्छन् । जस्तो कि, आप्mनो अनलाइनका सञ्चालक, प्रधानसम्पादक, सम्पादक, सहसम्पादक, उपसमपादक, समाचार प्रमुख, लेख, रचना, फिचर वा भनौं, ओपेड प्रमुख, प्रशासन प्रमुख, लेखा प्रमुख, आईटी विभाग प्रमुख, प्रमुख सम्वाददाता, क्यामरा प्रमुख, क्यामरा पर्सन, सम्वाददाता, समाचारदाता, कार्यलय सहयोगी, कूृचीकार, सुरक्षा गार्ड, संरक्षक, कानुनी सल्लाहकार, सल्लाहकार, नियमित लेख्ने लेखकको नाम, स्तम्भकारको नाम आदिका साथै आप्mनो कार्यलय रहेको ठाऊँ–ठेगाना, सूचना विभाग दर्ता नम्बर, स्थाई लेखा (प्यान) नम्बर, कम्पनी दर्ता नम्बर, पोस्ट बक्स नम्बर, सम्पर्कका लागि कार्यलयको (ल्यान्डलाइन) फोन नम्बर/मोबाइल नम्बरसमेत उल्लेख गरेका/राखेका हुन्छन् ।

तर, नेपालबाट प्रकाशित/सञ्चालित हुने धेरैजसो अनलाइन न्युजपोर्टल (उनीहरुले आपूmलाई डिजिटल पत्रिका भन्न रुचाउँछन् भनी माथि नै उललेख गरिएको छ) हरु चोखो मन लिएर सही सलामत ढंगले चल्न र नियत सफा राखेर सञ्चालन हुनका लागि खुलेको नभएर निश्चित उदेश्यसहित खोटो मन लिएरै स्थापित भएका वा भनौं सञ्चालनमा आएका हुनाले नै हुनु पर्छ, नेपालका धेरै अनलाइन न्युज पोर्टलहरुको सञ्चालक को हो, प्रधानसम्पादक को हो, सम्पादक को हो, सहसम्पादक को हो, उपसमपादक को हो, समाचार प्रमुख को हो, लेख, रचना, फिचर वा भनौं ‘ओपेड प्रमुख’ प्रमुख को हो, लेखा शाखा प्रमुख को हो, प्रशासन प्रमखु को हो, आईटी विभाग प्रमुख को हो, प्रमुख सम्वादाता को हो, क्यामरा पर्सन को हो, सम्वाददाता को हो, समाचारदाता को हो, कार्यलय सहयोगी को हो, सुरक्षा गार्ड को हो आप्mनो कार्यलय रहेको ठेगाना कहाँ हो, सूचना विभाग दर्ता नम्बर कति हो, स्थाई लेखा (प्यान) नम्बर कति हो, कम्पनी दर्ता नम्बर कति हो, पोस्ट बक्स नम्बर कति हो, सम्पर्कका लागि कार्यलयको (ल्यान्डलाइन) फोन नम्बर कति हो, संरक्षकको नाम के हो, कानुनी सल्लाहकारको नाम के हो, सल्लाहकारको नाम के हो ? अत्तोपत्तो छैन, तापनि उनीहरुले शानका साथ अनलाइन न्युज पोर्टल (डिजिटल पत्रिका !?) चलाएका छन् । त्यसैले त उनीहरु (त्यस्ता अनलाइनहरु) ले आप्mनो अनलाइन न्युज पोर्टलमा ‘समाचार दिने शैली, लेख, रचना, फिचर, आलेख, ओबीच्युरी !’ छाप्ने शैली हेर्दा धेरैजसो अनलाइनका सञ्चालक आपैmले लेख्ने र केही लेख, रचना, फिचर, आलेख, समाचार आदिचाहिँ आपूmले भनेको मान्ने अरु कसैलाई लेख्न लगाउने र प्रकाशित गर्ने/अपलोड गर्ने गरेको देखिन्छ ।

यो लेखमा त्यस्तो केही अनलाइन न्युज पोर्टलहरु जसले आपूmहरुले चलाएको अनलाइन न्युज पोर्टलको केही नामहरु माथि नै उल्लेख गरी सकिएको छ । आपूmहरुले चलाएको अनलाइन न्युज पोर्टललाई डिजिटल पत्रिका भन्न रुचाउने त्यस्ता अनलाइनहरु साँच्चैको पत्रकारिता गर्न, जनतालाई सु–सूचित गर्न, ‘मिडिया भनेको आवाजविहीनहरुको पनि आवाज हो !’ भन्ने मान्यतालाई स्थापित गर्न र सो भनाइलाई अनुशरण गर्नभन्दा पनि नेपालका कुनै जाति वा समुदाय विशेष र ती जाति वा समुदायका अगुवाहरुका विरुद्घ आप्mनो सक्कली नाममा लेख वा रचना लेख्न नसकेर अरु कसैको नक्कली नाममा जताभावी र अन्टसन्ट ढंगले केवल आप्mनो व्यक्तिगत तुष मेट्नलाई लेख लेखेर छपाउने र, कतिपय अवस्थामा त अनलाइन सञ्चालकहरु आपैmले पनि आपूmले भनेको मान्ने कसैलाई कुनै समुदाय विशेष वा ती समुदायका अगुवाहरुका विरुद्घ नक्कली नाममा लेखाईएको लेख, रचना, फचर, आलेख, समाचार आदि छाप्नका लागि मात्रै खुलेका हुन् भन्ने प्रस्टै देखिन्छ । ।

हो, ‘कसैसँग अतिशय द्घेष !’ नराखीकन त्यस्ता केही अनलाइन न्युज पोर्टलहरुको नाम यहाँ उल्लेख गरिएको छ । जुन अनलाइनहरुका बारे आम पाठकहरुले पनि थाहा पाऊन् ! भन्ने यो लेखको उदेश्य वा भनौं आशय हो । जस्तै त्यस्ता केही अनलाइन न्युज पोर्टलहरुको नाम लिनैपर्दा काठमाण्डौबाट प्रकाशित हुने “– ‘छहरा साप्ताहिक (अनलाइन तथा छापा दुवै संस्करण)’, काठमाण्डौकै मुलपानी ठेगाना रहेको र ‘दीपेन्द्र राई सम्पादक एवम् समृद्धि सञ्चार प्रालिद्घारा प्रकाशित तुवाचुङ अनलाइन’, मोरङ जिल्लाको बेलबारी–३ ठेगाना उल्लेख भएको र ‘नारायणभक्त राई सञ्चालक तथा सम्पादक रहेको थुम्सेन्युज’, खोटाङ जिल्ला ठेगाना भएको र हिमाल खबरपत्रिकाका सम्वाददाता रहेका ‘दमन राई समाचार सम्पादक र सूर्य तामाङ सम्पादक रहेको र मल्टीप्रपोज प्रालिद्घारा सञ्चालित नेपालवाइड अनलाइन’…” हरु सञ्चालनमा रहेका छन् ।

माथिका सबै अनलाइन न्युज पोर्टल र एक छापा (छहरा साप्ताहिक) ले विसं २०७४/०७५/०७६ देखि हाल (विसं २०७८/०७९) सम्म एकै जना व्यक्ति भूपध्वज बुबुले अनेक नक्कली नाममा समग्र कुलुङ समुदाय र कुलुङ समुदायका अगुवाहरुका बारेमा (जो आपैm सुरु ताका/विसं २०४८/०४९ तिर कुलुङ समुदायका अगुवा रहेका थिए, उहाँ हुनु हुन्छ, भूपध्वज थोमरोस कुलुङ ।) अन्टसन्ट र जताभावी एवम् मनलाग्दी ढंगले बनावटी तरिकाले लेखेको लेखहरु छाप्दै आएको देखिन्छ । स्मरणीय छ, हामीलाई कुलुङ समुदाय बारे उनै भूपध्वज बुबुले सिकाउने, पढाउने, बुझाउने गर्थे । तर, उनले पछि आएर जानाजान आपैmले बाटो बिराएर…तापनि हामीले उहाँ (भूपध्वज थोमरोस बुबु) लाई धेरै पटक अनेक किसिमले र, पटकपटक यसरी बाटो नबिराउनोस् “बुबु, सर/रोबू हजुर !”, ‘भोलि मरी हामी जाने कहाँ, आखिर समुदाय नभई हुँदैन !’ भनी सम्झाई, बुझाई गर्यौं । तर,….

त्यसैले सही सलामत ढंगले सञ्चालन भएका अनलाइन न्युज पोर्टलहरुका बारेमा यहाँ धेरै के लेखिरहनु र ? तर, अन्यथा उदेश्य लिएर कुनै समुदाय, व्यक्ति वा संघ–संस्थाका विरुद्ध निश्चित उदेश्यसहित जानाजान कैफियत गर्न दर्ता भई सञ्चालन भएभैmँ लाग्ने “छहरा साप्ताहिक’, ‘तुवाचुङ अनलाइन’, ‘थुम्सेन्युज’, ‘नेपालवाइड अनलाइन” आदि जस्ता अनलाइन न्युज पोर्टललाई पत्रकारिताको धर्म र मर्मअनुसार चलाउनुका साथै ‘मिडिया भनेको आवाजविहीनहरुको पनि आवाज हो !’ भन्ने विश्वव्यापी मान्तया र भनाइअनुसार चल्नका लागि नेपाल सरकारले जति सक्दो चाँडै अनलाइन न्युज पोर्टल सम्बन्धी छुट्टै सूचना जारी गर्ने, ऐन, कानुन, नियम, नियमावली, निर्देशिका, परिपत्र जारी गर्ने, कार्यादेश ल्याउनुपर्ने देखिन्छ । त्यसका लागि राजपत्र नै निकाल्दा अझ राम्रो हुन्छ । अन्यथा माथि उल्लेखित “छहरा साप्ताहिक’, ‘तुवाचुङ अनलाइन’, ‘थुम्सेन्युज अनलाइन’, ‘नेपालवाइड अनलाइन” आदि अनलाइन न्युज पोर्टलहरुले पत्रकारिताको नाममा, प्रेस स्वतन्त्रताको नाममा, वाक स्वतन्त्रताको नाममा राज्य, राज्य शक्ति र पैसाको पहुँच नभएका वा नहुने कतिपय जातजाति, समुदाय, सीमान्तकृत वर्ग, समूह, क्षेत्रका मान्छेहरु र, विभिन्न संघ–संस्थाका विरुद्ध नियतै बाँग्याएर जन्मेका विभिन्न अनलाइन न्युज पोर्टलहरुले प्रेस स्वतन्त्रताको नाममा “मिस इन्फोर्मेसन, माल इन्फोर्मेसन, डिस इन्फोर्मेसन र इन्फोडेमिक…” समाचार, फिचर, लेख, रचना, आलेख आदि प्रकाशित गरिरहने छन् । छापिरहने छन् ।

हुन पनि विसंं २०६२/०६३ मा आएको राजनैतिक परिवर्तनसँगै देशमा आएको गणतान्त्रिक व्यवस्था, लोकतन्त्र, सामूहिक मानवअधिकार, व्यक्तिगत मानवअधिकार, सामूहिक आत्मनिर्णयको अधिकार, व्यक्तिगत आत्मनिर्णयको अधिकार, प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता मौलिक हक आदि पनि आयो । जुन धेरै रामैो कुरो हो । तर, त्यसरी आएको परिवतृनको फल नै पो उच्छृङ्खलता हो कि ? भन्ने कताकती देखिन्छ, यस्तो आभास प्रायः पीडित पक्ष मात्रै हुने गरेको देखिन्छ । हुन पनि हाम्रो देशमा आएको गणतान्त्रिक व्यवस्थासँगै आएको लोकतन्त्र, सामूहिक मानवअधिकार, व्यक्तिगत मानवअधिकार, सामूहिक आत्मनिर्णयको अधिकार, व्यक्तिगत आत्मनिर्णयको अधिकार, प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता मौलिक हक उपभोग गर्ने भन्दैमा कसैका विरुद्ध योजनावद्ध ढंंगले जताभावी लेख्ने/, बोल्ने/, लेख, रचना, फिचर, आलेख, समाचार आदि प्रकाशित गर्ने/छाप्ने, अपलोड गर्ने/प्रशारण गर्ने गराउनेहरुलाई पशुपतिमा छाडेको छाडा साँढेलाई भैmँ सँधै छाडा छाड्ने ? यो कदापि हुन सक्दैन । त्यसैले मेरो विचारमा यसरी छाडातन्त्रको प्रवद्र्धन गर्ने ! व्यक्तिहरुलाई कानुनी कारबाहीको भागीदार बनाउनै पर्छ । उनीहरुले गल्ती गरिसकेपछि कानुनअनुसार दण्ड–सजायको भागीदार हुनु पर्दैन ? त्यसैले हामीले लोकतन्त्र, मानवअधिकार, वाकस्वतन्त्रता मौलिक हक आदि भन्दैमा कसैका विरुद्ध योजनावद्ध ढंगले जताभावी गर्नेलाई छोड्ने ?
यो पंक्तिकारको व्यक्तिगत विचार के छ भने, ‘गणतन्त्र, प्रजातन्त्र, लोकतन्त्र, मानवअधिकार, वाकस्वतन्त्रता मौलिक हक आदि भन्दैमा कसैका विरुद्ध योजनावद्ध ढंगले जताभावी लेख, रचना, फिचर, आलेख, समाचार आदि लेख्ने र अरु कसैलाई नक्कली नाममा लेख्न लगाउने केही पत्रपत्रिका र अनलाइन न्युजपोर्टल (डिजिटल पत्रिका !?) भनिनेहरुका विरुद्घ उनीहरुले प्रेस स्वतन्त्रताको नाममा, वाक स्वतन्त्रताको नाममा, बोल्न पाउने नाममा, लेख्न पाउने नाममा, आपूmलाई मन नपरेको व्यक्ति, समूह वा संघ–संस्था आदिका विरुद्घ आपूm खुसी, जे पायो त्यही, मनलाग्दी र जताभावी काम गर्न (लेख्न, आपूmले चिनेको अरु कुनै व्यक्तिलाई नक्कली नाममा लेखाउन, बोल्न, प्रचार प्रसार गर्न) नदिने कानुनी व्यवस्था गर्नुपर्ने देखिन्छ, सरकारले । त्यसका लागि सरकारले केही नयाँ नियम, ऐन, तुरुन्तै नयाँ कानुन, ऐन, नियम, निर्देशिका, कार्यादेश, परिपत्र जारी गर्नैपर्ने देखिन्छ । त्यस कामका लागि सरकारले राजपत्रमै सूचना निकाल्दा अझ राम्रो हुन्छ ।
दोहोर्याएर भन्नु पर्दा हाल नेपालका अनलाइन न्युजपोर्टलमा कुनै पनि लेख, रचना, आलेख, फिचर छाप्दा/प्रकाशित गर्दा/अपलोड गर्दा लेखक भन्ने वा भनिनेले जुनसुकै नाम (नक्कली नाममा) मा जेसुकै लेख्ने, लेखाउने र, छपाउने गरेका छन् । खासमा नियत नबांगिएका धेरै जसो अनलाइन न्युज पोर्टलहरुले लेखसँगै लेखकको फोटा, र परिचय दिने गरेको देखिन्छ । तर, नियत नै बाँगो भएको वा नभौं ‘खोटा मन !’ भएका अनलाइन न्युज पोर्टलका सञ्चालकहरुले त न लेखक भनिनेको परिचय दिन्छ, न त लेखकको भनिनेको फोटा नै छाप्छ । हुन पनि लेखक भनिनेले जेसुकै लेखोस्, ठीकै छ ! त्यसमा आपत्ति भएन । तर, कुनै व्यक्ति वा संघ–संस्था वा…विरुद्ध निश्चित उदेश्यसहित जानाजान त्यसरी लेख, रचना, फिचर, आलेख वा समाचार लेख्नेको परिचय, सक्कली फोटा छाप्नु पर्दैन ? अनि कुनै जिज्ञासु पाठकले लेखक भनिनेसँग सम्पर्क गर्न चाहेमा सम्पर्क गर्नका लागि लेखक भनिनेको इमेल, मोबाइल वा फोन नम्बर आदि पनि लेखका साथ छाप्नु पर्दैन ?
त्यसैले राम्रो नियतले चलेको, हाम्रो कर्तव्य भनेको ‘आवाजविहीनहरुको पनि आवाज बोक्ने हो !’ भन्ने मनशायले खुलेका र सोहीअनुसार पत्रकारिता गर्ने अनलाइन न्युज पोर्टलहरुको कुरो अलग्गै भई हाल्यो । तर, नियत नै बाँगो भएको वा भनौं जन्मदै ‘खोटा मन !’ लिएर जन्मेका (खुलेका) अनलाइन न्युज पोर्टल र तिनका सञ्चालकहरुलाई सही ढंगले पत्रकारिता गराउन र ठीक ठाऊँमा ल्याउनका लागि पनि उनीहरुले आप्mनो अनलाइन न्युज पोर्टलमा लेख, रचना, आलेख, फिचर, समाचार आदि छाप्दा/प्रकाशित गर्दा/अपलोड गर्दा लेखक भनिनेको परिचय दिनैपर्ने र लेखकको फोटा छाप्नैपर्नै व्यवस्था तुरुन्तै लागू गर्नुपर्ने देखिन्छ । अन्यथा लेखकको भनिनेको परिचय र लेखकको फोटा बिनाको लेख पाप्न नपाउने व्यवस्था गर्नैपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार