सन्दकपूरमा १५ बेडको अस्पताल निर्माण शुरु

  नयाँ बुलन्द
56 Shares

प्राथमिक स्वास्थ्य केन्द्र नभएको सन्दकपूरमा १५ बेडको अस्पताल निर्माण शुरु

सन्दकपूर । प्राथमिक स्वास्थ्य केन्द्र समेत नभएको इलामको सन्दकपूर गाउँपालिकामा १५ बेडको अस्पताल निर्माणको थालनीले स्थानीयबासी खुशि भएका छन् । अस्पताल नहुँदा स्वास्थ्य विमा कार्यक्रममा समेत सहभागि हुन नपाएका सन्दकपूरबासीका लागि अस्पताल निर्माणपछि गाउँमै सेवा पाउन आशा रहेको छ ।
सन्दकपूर गाउँपालिकामा मेडिकल अधिकृत सहितको प्राथमिक स्वास्थ्य केन्द्र समेत छ्र्रैन । स्वास्थ्य केन्द्र नभएको इलामको उत्तरी सन्दकपूर गाउँपालिकामा अस्पताल निर्माणको काम शुरु भएको गाउँपालिका अध्यक्ष उदय राईले बताए । गाउँमै अस्पताल नहुँदा बिरामीहरुले सदरमुकाम धाउनुपर्ने बाध्यताको .अन्त्य गर्न अस्पताल निर्माणको काम शुरु भएको हो ।
अस्पताल निर्माणका लागि सन्दकपूर गाउँपालिकाले दाताबाट जग्गा निःशुल्क लिएको थियो । अस्पताल निर्माणका लागि आवश्यक १३ रोपनी मध्ये १० रोपनी जग्गा स्थानीय कमल बहादूर सुवेदीले निःशुल्क दान गरेका थिए । तीन रोपनी जग्गा गाउँपालिकाले न्युनतम मूल्यमा खरिद गर्ने योजना बनाएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र नहुँदा स्वास्थ्य विमा कार्यक्रम पनि प्रभावकारी नभएको सन्दकपूर पालिकामा १५ बेडको अस्पताल निर्माणको थालनीले स्थानीय खुसि भएको प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए ।
१५ बेडको अस्पताल सन्दकपूर ३ मा निर्माण हुँदै आएको छ । सन्दकपूरको प्रशासनिक केन्द्र देउराली बजारबाट १ किलोमिटर दुरीमा रहेको निर्माणाधिन अस्पताल पुग्ने सडक पालिकाले निर्माण गरिसकेको छ । अस्पताल निर्माणका लागि ठेक्का संझौता भइ काम भइरहेको छ ।
संघीय सरकारको एकिकृत स्वास्थ्य पूर्वाधार कार्यक्रम अन्तरगत निर्माण थालिएको अस्पताल १३ करोड ३५ लाख ११ हजार ३५ रुपैयाँमा ठेक्का संझौता भएको छ । २०७८ जेठ २५ मा ठेक्का संझौता भएको अस्पतालको काम २०८० जेठ महिनामा निर्माण सकिनेछ । ओम वुद्ध, आर्सिवाद, स्वामिनारायण जेभिले अस्पताल निर्माणको ठेक्का पाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार