इलाम : किरात याक्थुङ चुम्लुङ इलाम नगरपालिका शाखा समितिको अध्यक्षमा राम लिङ्दम निर्वाचित भएका छन् ।
विहीबार इलाम सदरमुकाममा भएको नगर शाखाको दोस्रो अधिवेशनबाट लिङदम सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।
अधिवेशनबाट लिङदमको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएका छन् ।
उपाध्यक्ष वसन्तकुमारी लिम्बू, सचिव बिक्रम फियाक, सहसचिव बिजय फागो र
कोषाध्यक्षमा प्रमिला लिङदम निर्वाचित भएका छन् ।
सदस्यहरुमा बिपना लिम्बू, प्रेमराज सोङमी, इन्द्रकुमारी थेबे, मनकुमार लोक्ताम, सरिता लावती, कौशिला लिम्बू, बुद्धिमान फागो, पदम केरुङ र धनमाया येक्तेन निर्वाचित भएका छन् ।
किरात याक्थुङ चुम्लुङका तत्कालनि नगर अध्यक्ष बखतबहादुर आङदेम्बेको अध्यक्षता र केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बूको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा इलाम जिल्ला अध्यक्ष गायत्री थेगिम, कोषाध्यक्ष बुद्धमाया सोङमीलगायतको उपस्थिति थियो ।