राँके-रवि सडक खण्डको फुङ्सिङमा ट्याक्टर दुर्घटना,चालकको मृत्यु

  युद्धबहादुर बोहोरा
2.6k Shares

पाँचथर : राँके-रवि सडक खण्ड अन्तर्गत मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ को फुङ्सिङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलाम माङसेबुङ गाउँपालिका वडा नम्बर ३ बाघमारा निवासी वर्ष २१ का रविन लिम्बुकाे घटनास्थलमा मृत्युु भएकाे जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बुधबार दिउँसो अन्दाजी १ बजे राँकेबाट रबि तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ त ८५९५ नम्बरको ट्याक्टर कच्ची सडकबाट करीब ७ मिटर तल भिरमा खस्दा ट्याक्टरको इन्जिनको भागले किचेर चालकको मृत्यु भएको जनाइएको छ ।

दुर्घटना भएको खबर पाए लगत्तै सो स्थानबाट १० किलोमिटर दक्षिणी क्षेत्रमा रहेको इलाका प्रहरी कार्यालय रविका प्रहरी निरीक्षक केशव अधिकारीको कमाण्डमा प्रहरी टोली घटना स्थलमा पुगेको थियो ।

मृत्यु भएको लासलाई पोस्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र रवि तर्फ लगिन्दै गरेको र थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी डम्बर बिश्वकर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार