५०० भन्दा बढी संक्रमित भएका १५ र २०० बढी संक्रमित भएका जिल्ला १७ पुग्यो

  नयाँ बुलन्द
28 Shares

५०० भन्दा बढी संक्रमित भएका १५ र २०० बढी संक्रमित भएका जिल्ला १७ पुग्यो

काठमाडौं : नेपालमा ५०० जना  भन्दा बढी सङ्क्रमित भएको  जिल्ला १५ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०० भन्दा बढी सङ्क्रमित हुने जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् ।

यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका १७ जिल्ला रहेका छन् । ती जिल्लामा पर्सा, बारा, महोत्तरी, सप्तरी, सर्लाही, सिरहा, नुवाकोट, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, गोरखा, तनहुँ, स्याङ्जा, बागलुङ, दाङ, पाल्पा र कञ्चनपुर रहेका छन् । नेपालमा सङ्क्रमण दर १८ प्रतिशत रहेको छ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण १२ हजार आठजनामा देखिएको छ । मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २५ हजार ९०९ को परीक्षण गर्दा १२ हजार आठजनामा सङ्क्रमण पुष्टि भएको हो ।

विगत २४ घण्टामा आज आठ जनाको सङ्क्रमणका कारण निधन भएको छ ।

हालसम्म नेपालमा११ हजार ६६७ जनाको सङ्क्रमणका कारणले निधन भएकोे छ ।

हाल होम आइसोलेसनमा ८७ हजार ११७, संस्थागत आइसोलेसनमा एक हजार ८१७, आइसियुमा २४५ र भेन्टिलेटरमा ४४ जनाको उपचार भइरहेको छ ।

दुई लाखभन्दा बढीले खोप लगाए 

विगत २४ घण्टामा दुई लाख ३९ हजार ८५१ जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ६३ लाख ३३ हजार ९३७ र पूर्ण मात्रा एक करोड ३१ लाख छ हजार ७२६ जनाले लगाइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार