पाँचथर: नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले फिदिम बजारमा सरकारविरुद्ध राँकेजुलुस प्रदर्शन गरेको छ । सोमबार साँझ ६ः३० बजे लिम्बूवान गेटबाट गणतन्त्र चोकसम्म जुलुस निकालिएको हो ।
वर्तमान गठबन्धनको सरकारले जनताको ढाड सेक्ने गरि मूल्यवृद्धि,सविधानमा उल्लेख गरिएको कानुन अनुसार निर्वाचन नगर्ने चलखेलमा लागेको भन्दै युवा संघ नेपालले पाँचथरको सदरमुकाम फिदिममा मसाल जुलुस सहित विराेध प्रदर्शन गरेको युवा संघ जिल्ला अध्यक्ष कमल थपलियाले जानकारी दिए ।
जुलुसपछि कोण सभा गरिएको र गणतन्त्र चोकमा पुगेपछि पुलिसले राँको खोसेको उनले बताए ।
युवाले स्थानीय सरकारको निर्वाचन मिति घोषणा गर,चर्को मुल्य वृद्धि फिर्ता गर, शान्ति सुरक्षा कायम गर,रेणु यादवलाई बर्खास्त गर,असफल परमादेश सरकार मुर्दावाद,पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता गर, प्रशासनिक जनसेवा सर्वसुलभ गर,राष्ट्रिय युवा संघ नेपाल जिन्दावाद, विदेशी दलाल होसियार,नेकपा एमाले जिन्दावाद जस्ता नारा लगाएका थिए ।सौर्यअनलाइनबाट