१२ सय ४२ जनाले लिए इलामबाट सवारी चालक अनुमतिपत्र

ड्राइभिङ लाइसेन्स इलाम बाटै बितरण सुरु भएपछि सेबाग्राहीलाई सहज

  नयाँ बुलन्द
1.6k Shares


इलाम :सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) इलाम बाटै बितरण सुरु भएपछि सेबाग्राहीलाई सहज भएको छ । सहज रुपमा नै इलामबाट लाइसेन्स उपलब्ध हुनथालेपछि तराइका बिभिन्न जिल्ला धाउनुपर्ने बाध्यताको अन्तय भए सगै पुर्बी पहाडी चार जिल्लाका सेवाग्राहीलाई सहज भएको हो । इलाम बाट नै सहजै सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) पाउन थालिएपछि अहिले बिभिन्न जिल्लाबाट सेबाग्राही इलाम आउन थालेका छन् भने सेवाग्राहीहरु उत्साहित समेत बनेका छन् ।

सातामा तीन पटक परिक्षा संचालन गरि अन्य दिन सवारी लाइसेन्सको ट््रायल हुदै आएको छ । गत कार्तिक २७ गतेबाटै अनलाइन फाराम भर्न सुरु भएर सेवा सुचारु भएको थियो । एक चरणमा ‘ए’ वर्गको मोटरसाइकल, स्कुटर र मोपेडका लागि १ सय, ‘के’ वर्गको स्कूटर र मोडेडका लागि ४०, ‘बी’ वर्गको कार, जिप र डेलिभरी भ्यान लागि ३०, ‘सी’ वर्गको टेम्पो र अटोरिक्साका लागि २०, र ‘ई’ वर्गको ट्रयाक्टरका लागि १५ जनाको कोटासवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बितरण सुरु भएसगै पौष महिना सम्ममा १२ सय ४२ जनाले लाइसेनका लागि लिखित र ट््रायल परिक्षा पास गरेको कार्यालयका सुचना अधिकारी रबिन्द्र श्रेष्ठले जानकारी दिए ।

तर यता यातायात व्यवस्था सेवा कार्यालय इलामबाट लाइसेन्सको बितरण सुरुगरिए पनि आवस्यक्ता अनुसारको कर्मचारी नभएकाले सिमित कर्मचारी बाट सेवा प्रभाह गर्नुपर्दा समस्या भएको कार्यालय प्रमुख छविलाल खतिवडाले जानकारी दिए । यस्तै कार्यालयले चालु आर्थिक वर्षको ५ महिनामा ३ करोड राजश्व संकलन गरेकोे कार्यालयका लेखा प्रमुख प्रदिप नेपालले बताए ।

उता कार्यालयले आफ्नै ट्रायल सेन्टर नभएका कारण एक नीजि कम्पनीसँग सम्झौता गरेर परीक्षा संचालन गरिरहेको छ । ट्रायल सेन्टरमा समेत इलामबाटै सवारीचालक अनुमति पत्र पाउनथालेपछि उत्साहजनक सहभागिता बढेको संचालक सुमन काफ्लेको भनाई छ ।

इलाममा रहेको यातायत कार्यालयले यसअघि लाइसेन्स नवीकरण, नयाँ सवारी दर्ता नामसारी, सवारी दर्ता प्रमाण नवीकरण, बाटो ईजाजत पत्र (रुट परमिट) जारी गर्ने र नवीकरण गर्ने, सवारी साधनको प्राविधिक परीक्षण (जाँचपास) गर्ने, सवारी साधनको प्रदुषण परीक्षण गर्ने, सेवाग्राहीबाट सवारी साधनको कर राजश्व बुझिलिने लगायतको काम गर्दै आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार