गणेश राईको येले सम्वत् लेख र उनको ‘पत्रकारिता !’

  निनाम लोवात्ती
266 Shares

निनाम लोवात्ती

गएको माघ १, २०७८ मा कान्तिपुर दैनिकको अनलाइन संस्करण र विविधा शीर्षकमा एक प्रकाशित भएको थियो । सो सोही दैनिका पत्रकार तथा विगत लामो समयदेखि दर्ता बिना नै ‘लिब्जु–भुम्जु’ अनलाइन चलाई रहेका गणेश राईले लेखेका थिए । उनले लेखको लेखको शीर्षक ‘किरात येले संवत्को नयाँ वर्ष’ रहेको थियो ।

धेरै त नभनौं (मेरा लागि) केही जानकारी मूलक नै रहेको भन्न सकिने सो लेखमा यले दोङ–५०८२ नमानेर ३८०१ मान्नुपर्ने/मनाउनुपर्ने भन्ने उर्दी जो छ, निश्चय नै त्यस बारेमा कथित् राई जाति भनिने र लिम्बु याक्खा र सुनुवारहरुबीच छलफल र बहस पनि भयो होला । तर, सन् २००९ मा किरात संवत् बारे बहस र छलफल गरी जारी गरिएको भनी लेखसँगै प्रकाशित पर्चा हेर्दा सो पर्चामा पाँच बुँदा रहेछ । तर, त्यो बेला जारी गरिएको पर्चामा जो पाँच बुँदा परेको छ, सो बुँदामा कतै पनि यले सम्वत् ५०७१, (११ वर्षअघिलाई आधार मान्दा) नमानेर ३७८७/८८ मान्नुपर्ने ! भनी कुनै पनि बुँदामा लेखिएको रहेनछ, देखिएन ?! हुन पनि लेखक राईले उल्टै अनेक तथ्य र तर्क दिएभैmँ गर्दै यले दोङ (सम्वत्) ५०८२ लाई प्रामाणिक हुन नसेको भनी लेखेका छन् ।

तापनि किरात संवत् बारे लेखेको लेखका लागि लेखक राई धन्यवादका पात्र छन् । तर, पनि त्यस लेखमा उल्लेख भएका केही विषयमा हामी (कुलुङ समुदाय) ले लेखक राई लाई केही प्रस्टीकरण दिनुपर्ने र केही प्रश्न गर्नुपर्ने रहेको देखिन्छ । हुन त सो लेखका लेखक गणेश राई खासमा एक शुद्ध लेखक मात्रै नभएर कान्तिपुर दैनिकमै कार्यरत पत्रकार पनि हुन् । त्यो भन्दा पनि अझ बढी त उनी राई जातिको नाममा खुलेको राई यायोक्खा नामक एनजिओ (समाजकल्याण परिषद दर्ता नम्बर/एसडब्लुसी–२६५६, काठमाण्डौ जिल्ला प्रशासन कार्यलय काजिप्रका/रजिस्टर्ड नम्बर–३२८/०४९/०५०) को पूर्व केन्दीय सदस्य र केन्द्रीय सचिवसमेत भई सकेका व्यक्ति हुन् । त्यही भएर पनि होला, उनको पत्रकारिता कहिल्यै पनि राईकरणको मारमा परेका आठपहरिया, कुलुङ, बाहिङ, मेवाहाङ, खालिङ, बान्तावा, याम्फु आदि सकारात्मक र निष्पक्ष बन्न सक्दैनन्, सकेको छैन । अथवा भनौं राईकरणको मारमा परेका आठपहरिया, कुलुङ, बाहिङ, मेवाहाङ, खालिङ, बान्तावा, याम्फु आदिबारेमा आप्mनो लेख, समाचार आदिमा छिसिक्क केही पनि सकारात्मक ढंगले लेख्दैनन् । बरु मौका परे कुलुङलगायत जातिलाई ‘डलर खान राई फुटाउन आँटेको !’ भन्ने सम्मको आरोप लगाएर लेख लेख्छन् । कसैलाई यस सम्बन्धमा प्रमाण नै चाहिएमा सो आशयको गणेश राईको लेख कुनै एक अनलाइन र यायोक्खाको मुखपत्र ‘निप्सुङ’को कुनै अंकमा सुरक्षित रहेको छ ।

त्यसैले उनले वेलावेला कान्तिपुर दैनिका दिने/प्रकाशित गर्ने समाचारहरु सँधै एकपक्षीय ढंगले आप्mनो अनूकुल वा आपूmले समर्थन गरेको पक्ष जस्तै माथि उल्लेखित उनको पत्रकारिताको ‘किरात येले संवत्को नयाँ वर्ष’ लेखलाई पनि हेर्न सकिन्छ । उनको अर्को एकपक्षीयताको ताजा उदाहरण भनेको आपूm शिक्षा बिटको पत्रकार भए तापनि गएको जनगणना ताका वाम्बुले…लाई केन्द्रीय तथ्यांक विभागले अर्के बनाएको भन्दै आपैmअघि सरेर प्रस्टीकरण समाचार बनाएको/छापेकोलाई लिन सकिन्छ । तर, त्यसरी आप्mनो बारेमा बिग्रेको वा कसैले बिगारेको काममा आपैm अघि सर्ने गणेश राईले कहिल्यै पनि विगत २१/२२ वर्षदेखि मुक्त हुन र, आप्mनै कुलुङ जातीय स्वपहिचानले चिनिन चाहने कुलुङ जातिका बारेमा भने एक पटक पनि सकारात्मक ढंगले समाचार दिएनन्, लेख वा फिचर लेखेनन् । बरु उल्टै कुलुङ जातिलाई जबर जस्ती राईमा गाभ्ने राई जातिको नाममा खुलेको राई यायोक्खा नामक एनजिओ (समाजकल्याण परिषद दर्ता नम्बर/एसडब्लुसी–२६५६, काठमाण्डौ जिल्ला प्रशासन कार्यलय काजिप्रका/रजिस्टर्ड नम्बर–३२८/०४९/०५०) को पक्षपोषण गरेर समाचार बनाई रहे, समाचार छापी रहे । अझ कान्तिपुर जस्तो प्रतिष्ठित भनिएको दैनिकमा कार्यरत पत्रकार भएर पनि उनले बिना दर्ता दर्ता चलाएको/चलाई रहेको ‘लिब्जु भुम्जु’मा त्यस्तै समाचारहरु छापे/छाप्छन् । त्यस क्रममा उनले कतिसम्म गरे भने, बरु विसं २०६८ को जनगणनाको नतिजामा बान्तावा जाति अलग्गै जातिका रुपमा आएपछि कान्तिपुरमा बान्तावा जाति अलग्गै जातिको रुपमा आएको भए तापनि ‘बान्तावा राई !’ नै हो भन्ने आशयसहित आप्mनो समाचारको बिट मारेमा थिए । त्यस्तै राना थारु सूचीकृत भएपछि पनि राना थारुलाई पनि राना थारु अलग्गै सूचीकृत भए तापनि उनीहरु अलग्गै जाति नभएर ‘थारु नै !’ हुन् भनी कान्तिपुरमा समाचार लेखेका थिए । सो समाचार बारे मेरो विश्वास नलागे रुची हुनेहरुले त्यो समाचार कुनै पनि लाईबेरीमा गएर अभैm पनि हेर्दा हुन्छ ।

गणेश राईको यस्ता पत्रकारिता अर्थात् ‘माल इन्फोर्मेसन, डिस इन्फोर्मेसन, मिस इन्फोर्मेसन’ बारे थाहा पाउन गणेश राई जस्ता राईवादी पत्रकारहरु अनि राई जातिवादीहरुबाट पीडित व्यक्ति वा समुदायको आँखाबाट हेर्दा मात्रै भेऊ पाउन सकिन्छ । जुन कुरो विगत १२/१३ वर्षदेखि ‘कुलुङ’ले भोग्दै आएको छ । खैर, यस बारेमा अलग्गै अर्को लेख नै लेखौंला ।

अब लागौं उनको ‘किरात येले संवत्को नयाँ वर्ष’ लेख बारे केही गन्थनमन्थन गर्नेतर्पm । हुन त ‘राई !’ भन्नेहरुको नयाँ वर्ष माघमा सुरु हुन्छ होला । तर, हामी ‘किराती कुलुङ’ जातिको जीवन चक्रअनुसार माघ १ गते होइन, पुस १५ गते यले दोङ अर्थात् नयाँ वर्ष सुरु हुन्छ । जसअनुसार यो वर्षको पुस १५ गतेदेखि किराती कुलुङ समुदायमा यले दोङ–५०८२ सुरु भयो । सोही दिन ‘किराती कुलुङ’ जातिले ‘मीनारी–दाचम् चाक्चाकूर’ पर्व मनाउँछन् । अर्को भनेको यले दोङ–५०८२ नमानेर ३८०१ मान्नुपर्ने/मनाउनुपर्ने भन्ने उर्दी पनि छ, उनको लेखमा । गणेश राईको लेखमा जो उर्दी छ, निश्चय नै त्यस बारेमा अलि बहस र छलफल गर्ने कि ? हुन त राई भन्नेहरुले त्यसरी यले दोङ–५०८२ नमानेर ३८०१ मान्नुपर्ने/मनाउनुपर्ने भन्ने बारेमा छलफल र बहस भयो पनि होला । तर, त्यस्तो छलफल र बहसमा ‘कुलुङ’, ‘बाहिङ’, ‘मेवाहाङ’, ‘खालिङ’, याम्फु, आठपहरिया, जिरेल, हायु, सुरेल थामीलगयात ३३/३४ भन्दा बढी आ–आप्mनै अलग–अलग जातीय स्वपहचान र अस्तित्व भएका किरातजन्य अन्य संघ–संस्थाका अगुवाहरुलाई बोलाईएन । कि बोलाईयो ? अथवा उनीहरुका अगुवाहरुसँग पनि त्यस विषयमा सामान्य बहस र छलफल गरियो त ? त्यसका केही रेकर्ड, सबूत, प्रमाण छन् ? कि कथित् राई, लिम्बु, सुनुवार याक्खा (चार किराती भनिने) हरुले भनेपछि बाँकी नौ तिहाईभन्दा बढी किरातीहरुले उहिले राजा महाराजाहरुको पालामा जारी गरेको ‘हूकुम प्रमांगीसरह !’ मानेर मानी दिनुपर्ने ? यस बारेमा पनि गणेश राईले प्रस्ट्याएर अर्को एक (कान्तिपुर दैनिकको प्रिन्ट संस्करणमा) लेख लेख्नूपर्ने देखिन्छ । किनभने, कान्तिपुर दैनिकले त्यसै पनि बाहिरका र नाम नचलेका, सोर्स र फोर्स नभएका, पहुँच नभएका लेखकहरुले जत्ति नै पठनीय, सान्दर्भिक, राम्रो र समसामयीक विषयमा लेख लेखे तापनि छाप्दैन ! बरु स्टाफहरुकै…, आफन्त, नातागोता, चिनचान, साईनो सम्बन्ध… वाला लेखकहरुकै (केहीबाहेक जस्तो आहूति, लाल आदि बाहेक) लेख छाप्ने हो । त्यसैले कुनै वेला ७/८ लाख राईको समाचार नछाप्ने ? भनी कान्तिपुर दैनिकका ऊ वेलाका समाचार प्रमुख…थापालाई थर्काए भैmँ (उहाँ हाल एक अनलाइनमा आवद्ध हुनु हुन्छ ।) हालका कान्तिपुर दैनिकका सम्पादक…चौहान, प्रधान सम्पादक ..शर्मा तथा लेख रचना प्रमुख…लाई थर्काएरै भए पनि एक पटक फेरि पनि ‘हामी कुलुङलगायत अन्य किरातीहरुले कथित् चार किरातीहले भनेको अझ प्रस्टसँग भन्नु पर्दा जबरजस्ती लादेको यले सम्वत्–३८०१ नमान्दा के हुन्छ ? हामीले यले सम्वतथ् –५०८२ नै मान्दा के हुन्छ ? सो बारेमा पनि प्रस्ट्याएर अवश्य पििन अर्को एक लेख लेख्नू होला भन्ने अनुरोध छ ।

साथै कथित् चार किरातीका अगुवाहरुमध्ये राई यायोक्खा नामक एनजिओका हर्ताकर्ताहरु त कुलुङ लगायत ३३, ३४ (हायु, सुरेल, जिरेल, थामी आदि) प्रति जसरी राज्य चलाएर बसेका शासक समूहका मान्छेहरुले जसरी अनुदारवादी रुझान राख्ने गर्छन्, राई यायोक्खा नामक एनजिओका हर्ताकर्ताहरु त कुलुङ लगायत ३३, ३४ किराती जातिहरु प्रति त्यो भन्दा बढी अनुदावादी रुझान राख्छन् । उनीहरुले अनुदावादी रुझान राख्ने मात्रै होइन कि, राईकरणको मारमा परेको कुलुङ लगायत ३३, ३४ जाति विरुद्ध हर्कत गर्न कन्धनी कसेर लागीपर्ने गर्छन् । त्यसैले जानीजानी त्यस्तो गैरन्यायीक, घृणित, अमानवीय, अप्रजातान्त्रिक, अलोकतान्त्रिक, मानवअधिकार विरोधी, संवधानले नै दिएको मौलिक हक र कानुनी हकविरुद्ध काम गर्ने राई यायोक्खाको पुच्छर भएर बाँकी तीन किरात संस्थाहरु ‘किरात याक्थुङ चुम्लुङ (किचाचु), किरात सुनुवार सेवा समाज (किसुसेस) र किरात याक्खा छुम्मा (कियाछु)’ का अगुवाहरु पनि राई यायोक्खाका हर्ताकर्ताले ‘जसो जसो पुरेत बाजे ! उसै उसै स्वाहा….!!’ भएर हिँड्नु हुन्छ । भोलि हाम्रो पनि दिन आउला, त्यो बेला के गर्नु हुन्छ ? हेर्दै जाऊँ ?! त्यसैले बेला छँदै सोच–विचार गर्नु होस्, ‘किचाचु, किसुसेस र कियाछु’ का अगुवाहरुले । राई यायोक्खाको त के कुरो गराई भो र ?

किनभने, जसरी हिजो लिम्बु जातिका पिता–पूर्खाले पाएको ‘सुब्बा/सुभाङ्गी, राई, राय, राया’ पद आज आएर त्यागे, त्याग्दै छन् भने सुनुवार जातिका पिता–पूर्खाले पाएको ‘मुखिया राई राय, राया’ा पद त्यगे, त्याग्दैछन् (हुन त केही सुनुवारहरु अभैm पनि आपूmलाई सुनुवार मात्रै नभनेर सुनुवार राई ! भन्छन् ।) त्यस्तै याक्खा जातिका पिता–पूर्खाले ऊ वेला पाएको ‘देवान, मझिया, खपन (मझिया पनि पाँच मझिया १० मझिया रहेको थियो ।) राई, राय, राया’ पद त्यागे, त्याग्दैछन् । हुन त याक्खा जातिका मन्छेहरुमध्ये केहीले आपूmलाई लिम्बु भन्छन् भने धेरै जसोले भने आपूmहरुलाई ‘राई !’ भन्छन् । त्यस्तै कतिले त ‘देवान !’ पदलाई नै जाति स्थापित गर्न भनी लागी परेका पनि देखिन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार