इलामको अन्तु भ्याली चिया कारखानामा आगलागी - Nayabulanda.com

इलामको अन्तु भ्याली चिया कारखानामा आगलागी

  नयाँ बुलन्द
119 Shares

इलामको अन्तु भ्याली चिया कारखानामा आगलागी

इलाम : इलामको अन्तुमा रहेको अन्तु भ्याली (टि स्टेट)चिया कारखानामा आगलागी भएको छ । सूर्योदय नगरपालिका ४ अन्तुमा रहेको चिया कारखानामा आज दिउसो ३ बजेबाट आगलागगी शुरु भएको हो । केहिबेर अघि आगो नियन्त्रणमा आएको छ । आगलागीबाट सबै संरचना जलेर नष्ट हुँदा करोडौंको क्षती भएको छ ।इलाम टी प्रोर्डयुस प्रा.लि.द्धारा संचालित कारखानाका ३ भवन सहित सम्पूर्ण मेसीन जलेर नष्ट भएका छन ।

आगलागीबाट कारखानामा रहेको सबै तयारी चिया समेत जलेर नष्ट भएको छ । आगो सूर्योदय नगरपालिकाका दुईवटा बारुणयन्त्र, इलाका प्रहरी कार्यालय पशुपतिनगर र शसस्त्र प्रहरीले केहिबेर अघि मात्र नियन्त्रणमा लिइएको छ । आंशिक रुपमा आगो नियन्त्रणमा आए पनि पूर्ण रुपमा नियन्त्रणमा आउन वाँकी रहेको छ ।

आगो निभाउन इलाम नगरपालिका र झापाबाट समेत बारुणयन्त्र मगाईएको थियो । आगो निभाउन स्थानीयले समेत सहयोग गरेका थिए । इलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्सपेक्टर देउप्रसाद लिम्बुले आगोको ज्वालो नियन्त्रणमा आए पनि भित्र आगो अझै नियन्त्रणमा आउन वाँकी रहेको जानकारी दिनु भयो ।

आगलागिबाट करोडौंको क्षति भएको संचालक किसन गिरीले जानकारी दिनु भयो । आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबाट भएको क्षतिको बिवरण आउन सकेको छैन । आगलागीबाट भएको क्षतीको बिवरण संकलन गरीसक्न समय लाग्ने जनाईएको छ । आगो निभाउने क्रममा अन्तु पोखरी आसपासका केहि संरचना भत्काईएको स्थानीय ब्यवसायी रुद्र घिमिरेले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

Nayabulanda.com