राष्ट्रिय योग दिवसका अवसरमा फाल्गुन्दमा योग प्रशिक्षण

  युद्धबहादुर बोहोरा
203 Shares

 

पाँचथर : फाल्गुनन्द गाउँपालिका आयुर्वेद शाखाको आयोजनामा राष्ट्रिय योग दिवस मनाएसंगै प्रशिक्षण गराएको छ  ।

‘सर्वाङ्गिण विकासका लागि योग’ भन्ने मूल नारा सहित सातौं राष्ट्रिय योग दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुलाई योग अभ्यास तथा प्रशिक्षण  गराइएको हो ।

वडा नम्बर ५ को डाँडागाउँस्थित युमामाङ्हिम मन्दिर छेउको प्राङ्गणमा सरकारले स्वास्थ्य मापददण्डको पालना गर्न निर्देशन दिएसँगै उच्च सतर्कताका साथ योग अभ्यास गरिएको आयुर्वेद शाखाले जनाएको छ ।

माघे सँक्रान्ती तथा योग दिवसको अवसरमा आयोजित उक्त कार्यक्रम गाउँपालिका आयुर्वेद शाखा प्रमुख वरिष्ठ कविराज निरीक्षक राजु पराजुली र फाक्तेप आयुर्वेदिक औषधालयका इन्चार्ज राजकुमार श्रेष्ठले योग अभ्यास गराएका थिए ।

योगबाट स्वस्थ जीवन सम्भव भएकोले सरकारले पनि २०७२ साल माघ १ गतेलाई राष्ट्रिय योग दिवसको रुपमा मनाउन थालेसंगै यस पालिकामा निरन्तर मनाउँदै आएको शाखा प्रमुख पराजुलीले जानकारी दिए ।

स्वस्थ जीवनका लागि योगको ठूलो महत्त्व रहेको र आम नागरिकलाई नसर्ने र गम्भीर प्रकृतिका रोगबाट छुटकारा दिलाउन सरकारले नै राष्ट्रिय योग दिवस मनाउन थालेको छ । विश्वभर नसर्ने रोगहरुको महामारी नै भएको भन्दै त्यसको व्यवस्थापन गर्न योग आवश्यक भएको वडा नम्बर ५ का अध्यक्ष अविन्द्र प्रसाद चेम्जोङले कार्यक्रममा बताए ।

योग सम्बन्धि जानकार स्थानीय शिक्षक बुद्ध सिंह केसीले योग बारे जानकारी दिदै योगले शरीर र मनलाई जोड्ने भएकोले नियमित योग अभ्यास गर्न पनि सबैलाई सुझाव दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार