तुम्वेवाका एक युवकलाई बगायो तमोर नदीले

  नयाँ बुलन्द
434 Shares

पाँचथर : जिल्लाको तुम्वेवा गाउँपालिका निवासी एक युवकलाई तमोर नदीले बगाउँदा मृत्यु भएको छ ।

पालिकाको १ नम्बर वडास्थित रातमाटे बस्ने पार्थ बहादुर बुढाथोकीको छोरा २९ वर्षीय इन्द्रवहादुर बुडाथोकी
मकर नुहाउन तमोर लिफ्टिङ आयोजना क्षेत्रमा पुगेर नुहाउने क्रममा शनिबार मध्यान्हको समयमा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

खोलाले बगाएपछि स्थानीय बासिन्दा,प्रहरी चौकी मौवा र नावाखोलाबाट खटाइएको प्रहरी टोलीले साँझ ४ बजे मृत अवस्थामा वडा नम्बर २ को हाकपारा भन्ने ठाँउमा फेला पारेका थिए ।

मृतक बुढाथोकीको शव पोस्टमार्टमको लागि कानुनी प्रकृया अगाडि बढाइएको प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार