इलाम : प्रत्येक बर्ष को माघ १ गते लाग्दै आएको माघेसंक्रान्ति मेलाले यस बर्ष पनि निरन्तरता पाएको छ । इलामको सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकाको संगमस्थल साँघुवेशीमा माईबेनी मेला लागेको हो । सूर्योदय १ र माईजोगमाई १ को सिमा, जोगमाई खोलाको किनारमा हरेक बर्ष मेला लाग्दै आएको छ । पहिले पहिले चैते दँशैमा मेला लाग्ने इतिहास बोकेको यस क्षेत्रमा वर्षौँ अघिबाट माघेसंक्रान्तिमा मेला लाग्न थालेको मकर्जुङ्ग का गणेश खड्काले बताएका छन् ।
पौष मसान्तका दिन आएर जोगमाई खोलामा स्नान गरि भजन कृतन गर्दै जाग्राम बस्ने र माघ १ गते तरूलको फलाहार गरि पुजापाठ गर्ने समेत गरिन्छ । स्थानीय मठमन्दिरमा पूजाआजा र खोलामा स्नान गरी दर्शन गर्नु नै सक्रांतीको महत्व मानिन्छ । पछिल्ला बर्ष भने पूजा पाठमा भन्दा पिकनिक र नाचगान मै मानिस रमाउने गरेका छन् । छिमेकी राष्ट्र भारतका सिक्किम, दार्जिलिङ लगायत ठाउँबाट भक्तजनको बाक्लो उपस्थिति हुने गरेको छ । उनिहरू ठूलो माईबेनी मेला भर्न जानेक्रममा साँघुबेशीको मेलामा पनि रमाउने गरेका हुन्। विदेशी भन्दा आन्तरिक रूपमा आउने सर्वसाधारणले नै मेलाको बढी हिस्सा ओगट्ने गर्छन् ।
नयाँबजार, गोर्खे, फिक्कल लगायतका क्षेत्रबाट आएका व्यापरीले लुगा(कपडा, फलफूल, मिठाई तथा स्थानीय उत्पादन बिक्री वितरण गरेका छन् । ग्रामीण भेगमा कृषि उत्पादनमा प्रयोग हुने कुटो,कोदालो, काँटा,हँसिया लगायतका फलामजन्य सामाग्री विक्रीमा राखिएको थियो । सोचैझैँ विक्री भने नभएको फिक्कल बाट आएका व्यापारी भिम रसाईली ले बताएका छन् । चिसोका कारण टोपि गलफन ज्याकेट जस्ता न्यानो कपडा बढीमात्रामा बिक्री भएको व्यापारी दिक्षा सापकोटा ले बताईन् । सधाको बर्ष भन्दा केही कम मानिस देखिएपनि सयौं को संख्यामा उपस्थिति थियो । मेला आयोजक बिनै स्वतस्र्फुत रुपमा लागेको बुझिएको छ ।
कोरोना भाईरसको नयाँ लहर देशैभर तिव्र दरमा फैलिरहेका बेला मानिसहरूको बाक्लो उपस्थितिले संक्रमण भने फैलिन सक्ने आंकलन गरिएको छ । सरकारले २५ जना भन्दा बढी भेला नहुन निर्देशन दिएपनि मानिसको भेला नरोकिएको हो । गोर्खे र नयाँबजार बाट खटिएको प्रहरी टोलीले भेला रोक्न प्रयाश गरेपनि असफल भएको बताईएको छ । गोर्खे प्रहरी चौकीका प्रमुख रमेश बस्नेत का अनुसार बाक्लो भिढलाई नियन्त्रण गर्न नसकिएको हो । बस्नेतले भने,ू टाडा(टाढाबाट गाढी रिजाब लिएर आएका मानिसहरूलाई नबस्न आग्रह गरेपनि टेरेनन् । हामिले १०० भन्दा बढीलाई माक्स पनि वितरण गर्यौं ।ू प्रहरीले स्वास्थ्य सुरक्षा का मापदण्ड अपनाउन भन्दै माक्स वितरण गरेपनि अधिकांस ले प्रयोग गरेका थिएनन् । भौतिक दुरीको त कुरै थिएन । मादकपदार्थ सेवन गरि झगडा हुन सक्ने स्थिति आंकलन गरेको प्रहरीले दिउँसो ३ बजे पछि भने मेला लाग्न नदिने तयारी गरेको थियो । हाम्रो सुरक्षा का लागि तपाईंहरू हुनुहुन्छ भन्दै मानिसहरूले अटेर गर्ने गरेको प्रहरीको भनाई छ । नयाँबजार का २ र गोर्खे का ३ गरि ५ जना प्रहरीको टोलि परिचालन गरिएको थियो ।
स्थानीय स्तरमा लाग्दै आएको मेलालाई नियमितता दिनु सकारात्मक भएपनि दोब्बर, तेब्बर रूपमा हरेकदिन कोरोना फैलिरहेको समाचार सुनिरहेका सर्वसाधारणले स्वास्थ्य संवेदनशीलतामा माक्स सम्म प्रयोग नगर्नु ले मानिसको वेवास्था र लापरवाही प्रष्ट पारेको छ । सरकार, प्रहरी प्रसासन तथा सरोकारवाला निकायलाई दोष देखाएर आलोचना गर्न खप्पिस हामी आफ्नो र समाजको स्वास्थ्य सुरक्षामा थोरै संवेदनशील नबन्नुले नागरिक कति सतर्क छन् भन्ने कुरामा प्रश्न उठेको हो ।
निर्माणाधीन गुप्ति नयाँबजार सडक खण्ड अन्तर्गत पर्ने यस क्षेत्रमा भौतिक संरचना निर्माण हुने क्रम बढ्दै गएको छ । निकट भविष्यमा नियमित हाटबजार लाग्न सक्ने संभावना बोकेको यो ठाउँ विकासका दृष्टिले सुधारात्मक छ । सडक कालोपत्रे हुने चरणमा छ भने करोडौंको लगानीमा साँघुवेशी चिया उत्पादक सहकारी संस्थाको भवन निर्माणको अवस्थामा छ । सहकारी विभागको १ करोढ २० लाख अनुदान र बाँकी १०५ बढी सेयर सदस्यको लगानिमा निर्माण भैरहेको सल्लाहकार समितिका सदस्य गणेश खड्काले जानकारी दिएका छन् ।