इलाम : इलामको माइबेनीमा आज धुमधामका साथ मकर मेला लागेको छ । माई र जोगमाई खोलाको दोभानमा पर्ने माईबेनीमा परम्परागत रुपमा लाग्दै आएको बेनी मेला लागेको हो । आज बिहानैबाट माईजोगमाई दोभानमा मकर नुहाउने पाठपूजा गर्ने र मेला भर्ने कार्य गरी मेला लागेको हो । माइखोलामा स्नान गर्दा सबै पाप हरण हुने धार्मिक विश्वासका साथ सर्वसाधारण माइबेनी मेलामा मकर नुहाउन आउने गरेका छन् । माईजोगमाई गाउँपालिकामा पर्ने बेनीमा स्वदेशी र बिदेशी भक्तजनको घुईचो लागेको छ ।
माईमा स्नान गर्न इलाम सहित छिमेकी जिल्लाबाट र भारतकाका बिभिन्न स्थानबाट समेत भक्तजन आएक ाछन । मेलामा उखु, सुन्तला, तरूलको अत्यधिक ब्यपार भएको छ । उक्त मेलामा लोप हुँदै गएका राडीपाखी, गलैँचाको समेत ब्यपार हुँने गरेको छ । इलामका प्रमुख जिल्ला अधिकारी माधव ढुंगानाले धार्मीक मेला भएकाले पूर्ण रुपमा बन्द गर्न भने नसकिएको जानकारी दिए । उनले यस अघि नै भिडभाड हुँने कुनै कार्यक्रम नर्गन स्थानीय पालिकाहरुलाई सचेत गराई सकिएको बताए ।
माइबेनीमा संस्थागत रूपमा मेला लगाउने कार्य तत्कालिन बडाहाकिम गजराजसिंह थापाको पालादेखि सुरु भएको पाईन्छ । विसं १९२० देखि संस्थागत रूपमा मेला लगाउने सुरुवात भएको बताइन्छ।