भूमी आयाेग पाँचथरकाे अध्यक्षमा लावती

  नयाँ बुलन्द
518 Shares

पाँचथर :भूमी आयाेग पाँचथरकाे अध्यक्षमा दिनेश लावती नियुत्त भएका छन् । सरकारले २८ वटा जिल्लामा भूमि आयोगका अध्यक्षहरु नियुक्त गरेसंगै पाँचथरकाे अध्यक्षमा दिनेश लावती नियुक्त भएका हुन् । गत पुस २१ बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

नेकपा माओबादी केन्द्रका नेता समेत रहेका लावतीले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट आयोगको अध्यक्षमा सपथ लिइसकेका छन् ।

यसअघि तत्कालीन नेकपाको सरकारले भूमि सम्बन्धि समस्या समाधान आयोग पाँचथर जिल्ला समितिको अध्यक्षमा करुणा राईलाई  नियुक्त गरेको थियो । उक्त आयोग खारेज भएपछि वर्तमान सरकारले भूमी आयाेग मार्फत अहिले २८ जिल्लामा अध्यक्ष नियुक्त गरेको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार