माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाको निर्वाचित पदाधिकारी र राष्ट्रसेवक कर्मचीका लागि क्षमता अभिवृद्धि सम्बन्धी तीन दिने तालिम सुरु भएको छ ।
माङसेबुङ गाउँपालिकाको सहयोगमा पूर्वाञ्चल स्केल इन्जिनियरिङ प्रालि इलामको आयोजनामा तालिम झापाको दमकमा सुरु भएको हो ।
झापाको दमकस्थित होटल कामक्षमा आयोजित तालिममा माङसेबुङ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी गरी ५० जनाको सहभागिता रहको छ । तालिममा नेपाल सरकारका पूर्व सचिव कृष्णहरी बाँस्कोटा र डा. केदारप्रसाद रायमाझीले सहजीकरण गरिरहेका छन् ।
गाँउपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोकको अध्यक्षतामा भएको कार्यक्रममा गाँउपालिकामा रहेका कर्मचारी तथा सबै जनप्रतिनिधिहरूको सहभागिता छ ।