इलामको खेलकुद क्षेत्रमा कलम चलाउने पत्रकार घिमिरे, ढकाल र तिम्सिना पुरस्कृत

  नयाँ बुलन्द  184 पटक हेरिएको

इलाम : जिल्ला फूटबल संघ इलामले जिल्लाका तीन पत्रकारलाई शुक्रबार सम्मान सहित पुरस्कृत गरेको छ । पत्रकारीताको माध्यमबाट इलामको खेलकुद क्षेत्रमा कलम चलाउने तीन पत्रकार सम्मान सहित पुरस्कृत बनेका हुन् । संघले पत्रकारहरु गणेश घिमिरे, नमिन ढकाल र बिनय तिम्सिनालाई सम्मान सहित जनही २१ सय रुपैंयाँका दरले पुरस्कृत गरेको हो ।

पुरस्कृत तीनै जनालाई इलाम नगरपालिकाका मेयर महेश बस्नेत, अखिल नेपाल फूटबल संघ (एन्फा) का केन्द्रिय सदस्य निरोज खड्गी र जिल्ला फूटबल संघ इलामका अध्यक्ष महेश श्रेष्ठले नगद पुरस्कार र सम्मान पत्र प्रदान गरे  । संघले इलामको ठूलो टुडिखेलमा शुक्रबार सम्पन्न एन्फा जिल्ला लिगको फाइनल खेलको समापन कार्यक्रमको अवसर पारेर सम्मान सहित पुरस्कृत गरेको हो ।

सम्माति पत्रकार घिमिरे नेपाल पत्रकार महासंघ इलाम शाखाका कार्य समिति सदस्य हुन् । पत्रकार घिमिरे नेपालबाणि एफएमका समाचार प्रमुखका साथै इलाम एक्सप्रेस दैनिकमा आबद्ध र नेपाल समाचार पत्र दैनिकका इलाम संबाददाता हुन । यस्तै अर्का पुरस्कृत ढकाल लोकल सदेश अनलाईनका सह सम्पादक तथा थाहा खबर अनलाइनका इलाम संवाददाता हुुन भने पुरस्कृत तिम्सिना न्यूज टवान्टि फोरमा आबद्ध छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार