गुणस्तरहिन सडक निर्माण भएको भन्दै बिप्लव नेतृत्व नेकपाको बिरोध

  नयाँ बुलन्द
294 Shares

सडकमा अनियमितता भएको भन्दै बिप्लव नेतृत्वको नेकपाको कन्याममा बिरोध सभा

इलाम : इलाम जिल्ला स्थित कन्याम कुटिडांडा सडक खण्ड निर्माण कार्यमा व्यापक अनियमितता आरोप लगाउँदै विप्लव नेतृत्वको युवा संगठन नेपालले चक्काजाम सहित बिरोध सभा गरेको छ । बिहिबार दिउँसो कन्यामको पर्यटकिय स्थलमा एक बिरोध सभा आयोजना गरेर उक्त अनियमितताको छानविन हुनुपर्ने माग गरेको छ ।

कन्याम कुटिडांडा सडक खण्डमा सडक डिभिजन कार्यलय इलामका कर्मचारी र ठेकेदारको लापरबाहीले गुणस्तरहिन काम भएपछी सडक भत्किएको थियो । सडक चौतर्फी भत्किएपछी नेपाल कम्युनिस्ट पार्टी इलामका नेता कार्यकर्ताले सडक डिभिजन कार्यलयमै गएर चेतावनी समेत दिएका थिए । चेतावनी पछि यसो टालटुल गरे जस्तो गरेपनी गुणस्तर हिन काम भएको कारण सडक जताततै भत्किने गरेको, खाल्डाखुल्डी परिरहेपछि जनताको व्यापक गुनासो र बिरोध रहंदै आएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालले संचालन गरेको भण्डाफोर अभियानमा गुणस्तरहिन कामको बिरोध गर्दै हिसाबकिताब सार्वजानिक गर्नु पर्ने, दोसिलाइ कारबाही गर्नु पर्ने लगायत माग राख्दै दोसिलाई कारबाही नगरिए आफ्नो संगठनले कारबाहो गर्ने चेतावनीसमेत सो पार्टीले दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार