प्रेस चौतारी नेपाल पत्रकारिता पुरस्कार अधिकारीलाई

  नयाँ बुलन्द
336 Shares

इलामः प्रेस चौतारी नेपाल पत्रकारिता पुरस्कार २०७८, मनोज अधिकारीलाई दिइएको छ । प्रेस चौतारी इलामको नवौं अधिवेसनका अवसरमा बिहिबार आज बुद्वाणी एफएम र इलाम खबर अनलाइनका अधिकारीलाई दिइएको हो । अधिवेसनका अवसरमा प्रमाण पत्र सहित नगद १० हजार प्रदान गरिएको प्रेस चौतारी नेपालले जानकारी गराएको छ ।

यस अघि यहि पुरस्कार गणेश अर्याललाई प्रदान गरिएको थियो । पाँच हजारबाट पुरस्कार बितरण शुरू गरिएको अहिले १० हजारमा पुर्‍याइएको प्रेस चौतारीका सचिव किरण पौडेलले जानकारी गराए । पुरस्कार प्रेस चौतारीमा आबद्व भएर योगदान गरे बापत दिइने बताइएको छ । अधिवेसनको आजै हुँने बन्द सत्रले नयाँ जिल्ला कार्य समिति चयन गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार