प्रेस चौतारी पाँचथरकाे अध्यक्षमा काफ्ले

  नयाँ बुलन्द  198 पटक हेरिएको

पाँचथर: नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल, पाँचथरको छैठौँ जिल्ला अधिबेशनले रबिन्द्र काफ्लेको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको छ ।

फिदिम स्थित सरगम होटलको सभाहलमा सम्पन्न अधिबेशनले उपाध्यक्षमा बिपुल अधिकारी र दुर्गा खनाल चयन भएका हुन् । सचिवमा भावना लिङ्देन, सह सचिवमा जिवन गौतम र चिरन्जिबी विश्वकर्मा र कोषाध्यक्षमा इवारा जबेजु चयन भएका हुन् ।

समितिको सदस्यमा नेत्र कोइराला, रजनी हाङसरुम्बा, मदन थापा, मौसम सम्बाहम्फे र रमेश थापा चयन भएका छन्। त्यस्तै गरी केन्द्रीय प्रतिनिधीमा तुलसी थापा, शान्ति राई र बिपुल अधिकारी चयन भएका हुन् भने प्रदेश प्रतिनिधिमा सागर खनाल, दिलकुमारी तामाङ र रमेश थापा चयन भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार