युवती हत्या अभियोगमा २० वर्षपछि इलाममा एक पुरुष पक्राउ

  नयाँ बुलन्द
2.2k Shares

इलाम : युवती हत्या अभियोगमा २० वर्षपछि इलाममा एक पुरुष पक्राउ परेका छन् । जिल्लाको सूर्योदय नगरपालिका ३ साबिक पशुपतिनगर गाबिस ३ जिलका ४१ बर्षिय गोरे भनिने मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो । बुधवार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन मार्फत राईलाई सार्वजनिक गरेको हो ।
घटना विवरण अनुसार २०५८ साल माघ ६ गते साझको समयमा  घाटी रेटी सोही ठाँउकि १८ वर्षिया रोजिना राईलाई हत्या गरेको प्रहरीले जनाएको छ । इलामका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठका अनुसार प्रहरीको विषेश खोज अनुसन्धानवाट आफ्नै गाउघरमा नै नियमित काम गरिरहेका उनीमाथि निगरानी बढाईएको थियो । ‘घटना आफूले घटाएको अभियुक्तले स्विकारेका छन्,’ प्रमुख श्रेष्ठले भने, ‘जिल्लामा यस्ता अझै पनि केश रहेकाले प्रहरीले निरन्तर खोजी गरिरहेको छ ।’ प्रहरीका अनुसार पक्राउ परेको राईमाथि अनुसन्धान जारी रहेको बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार