इलाम: नेपाली कांग्रेस इलामको १४ औं अधिवेशनबाट सभापति पदमा डम्बर खडका निर्वाचित भएपछि नेपाली कांग्रेस प्रवेश गर्नेको लहर उर्लिएको छ ।
पार्टी सभापतिमा निर्वाचित भएका खड्का जिल्लाका १० वटै स्थानीय तहमा आम कार्यकर्ता र नागरिकहरुको घरदैलोमा शुभकामना आदानप्रदान कार्यक्रम लिएर पार्टीलाई शसक्त बनाउने अभियानमा जुटेसंगै हरेक स्थानीय तहमा उनले पार्टीलाई दर्विलो बनाउने रणनीति लिएका छन् ।
जिल्लामा युवा र विकास प्रेमी नेताका नामले चिनिएका खड्का पार्टीको जिल्ला नेतृत्वमा पुग्नु अगावै ग्रामीण क्षेत्रका नागरिकलाई आवश्यक पर्ने विकास निर्माण तथा आपतकालीन अवस्थामा सकृय सहभागी भइ सामाजिक दायित्वको अग्रगामी भुमिका निर्वाह गर्दै जनताको नजरमा विश्वास जितेका कारण उनले नेतृत्व गरेको पार्टीमा प्रवेश गरेको नवप्रवेशीहरु बताउँछन् ।
सोमबार माइनगर ६ नम्बरवडामा ६० घर परिवारका दुईसय पचास जना विभिन्न पार्टीबाट परित्याग गरि कांग्रेसमा प्रवेश गरेका छन् ।
सभापति पुर्ण बिक्रम लिम्बुको सभापतित्वमा सम्पन्न शुभकामना आदानप्रदान तथा स्वागत कार्यक्रममा काँग्रेस प्रवेश गर्नेहरुमा प्राय:नेकपा एमालेका र माओवादी निकटका छन् ।
नवप्रवेशीहरुमा सन्त चेम्जुङ्ग,फिपराज चेम्जुङ्ग,मिलन नेम्बाङ्ग,सागर मगर मनिहाङ्ग शेर्मा,सुवास मगर ,सन्त कुमार राई,भत्त बहादुर राई, मन बहादुर राई, बिशाल लिम्बु,बसन्त लिम्बु,मिलन राई,रबिन राई,सुमन राई लगायत थुप्रै कार्यकर्ता प्रवेश गरेका छन् । यसैगरी ७ नम्बर वडामा पनि ५० घरपरिवारका दुई सय जना विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरका छन्।
७ नम्बरका पार्टी सभापति दल बहादुर तामाङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस प्रवेश गर्नेहरुमा लक्ष्मी राई,दिल कुमार शेर्मा,सविन गुरुङ,रोशन लिम्बु,प्रेम बहादुर लकान्द्री,रमेश योङ्गहाङ्ग,दावा पासाङ्ग गोले, सन्दिप चबेगु,प्रकाश पुलामी मगर, शारदा लिम्बु, बिवश लिम्बु, राम कुमारी लिम्बु,निश्कल कार्की लगायतका छन् ।
१ नम्बर वडाबाट एमालेका संगठित सदस्य भक्त बहादुर फागो कांग्रेस प्रवेश गर्दै उनले भने- नेता खड्काको कार्यशैली र उनले विगतमा जनता प्रति गरेको लगानीको सर्वत्र कदर भएको छ त्यसैले पार्टीको सिद्धान्त मनपराएर प्रवेश गरेको छु । अन्य प्रवेशी शेर बहादुर राई ,फुल माया राई ,जित बहादुर हादिङ माया राई, सुवास राई, शेशेहाङ लोक्ताम ,फाक्तालुग लोक्त्ताम, मंगल सिं लोक्ताम, बल बहादुर,हर्क बहादुर राई,सुमन राई,जसपाका प्रदिप नेम्बाङ, शुकराज लोक्ताम,शावित्रा लोक्ताम लिम्बु,मंगोल नेशनल अर्गनाइजेसनका सुरेश खजुम, योगेश खजुम,सन्त राई लगायत ८० घर परिवारका दुई सय जना नेपाली काँग्रैस प्रवेश गरेका छन् ।
नव प्रवेशीहरुलाई सभापति खड्काले खादा ओडाएर स्वागत गरेका छन्। कार्यक्रममा महासमिति सदस्यहरु श्याम खडगी,चन्द्रमाया लिम्बु,माइनगर सभापति हेम बहादुर लिम्बु, क्षेत्रीय सदस्य सन्तोष गोले तामाङ र माइ नगरपालिकाका नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिति थियो । यसरी नै सुर्योदय नगरपालीका ९ र इलाम नगरपालीका ४ नम्बर वडामा समेत ५० परिवारका एक सय ८० जना नेपाली कांग्रेसमा एकै दिन प्रवेश गरेका छन् ।