छिन्तापु महिला कृषि सहकारीको दोस्रो साधारण सभा

  नयाँ बुलन्द
77 Shares

 

पाँचथर: फिदिम नगरपालिका १३ लुङरुपामा संचालित छिन्तापु महिला कृषि सहकारी संस्थाको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका सह-सचिव शान्ता जवेगुले शेयर रकम एक लाख ५८ हजार,बचत दुई लाख ८४ हजार एक सय ५० रुपैयाँ,ऋण लगानी चार लाख ६१ हजार र नाफा ५१ हजार तीन सय ९२ रुपैयाँ गरि जम्मा नौ लाख ५४ हजार पाँच सय ४२ रुपैयाँ सहितको आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् ।

सभामा संस्थाका अध्यक्ष जुना राईले पेश गरेको साँगठनिक प्रतिवेदन तथा प्रस्ताव मध्ये सभा मार्फत सहकारीका छ वटा प्रस्तावहरुलाई पारित गरिएको सह-सचिव जवेगुले जानकारी दिइन् ।
जिल्ला सहकारी संघ पाँचथरका उपाध्यक्ष रामप्रसाद बाँस्कोटाको प्रमुख आतित्यमा सम्पन्न सभामा फेजुङ त्रिवेणी कृषि सहकारी संस्थाका उपाध्यक्ष सोम बहादुर नेम्वाङ,वडा सदस्य रामलक्षी राई लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
लेखा समिती सदस्य मनिता राइले स्वागत मन्तब्य राखेको कार्यक्रम संस्थाका सचिव पार्वता नेम्वाङले संचालन गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार