एमसीसी सबै दलको सहमति विना पास हुन सक्दैन: सह-महामन्त्री आङ्देम्बे

  नयाँ बुलन्द
105 Shares

पाँचथर: नेपाली काँग्रेसका सह-महामन्त्री भिष्मराज आङदेम्बेले दलहरु बीच सहमति भए मात्रै एमसिसि पास हुने बताएका छन् ।

प्रेस युनियन पाँचथरले मंगलबार सदरमुकाम फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आङ्देम्बेले एमसिसी सबै दल बीचको सहमतिले मात्रै पास हुन सक्ने बताएका हुन् ।
उनले भने-‘सत्तामा हुँदा एमसिसी बारे एउटा कुरा गर्ने र सत्ताबाट बाहिरिए लगत्तै फरक अभिव्यक्ति दिएका कारण जनतामा एमसिसी प्रति भ्रमसृजना भएको छ ।’ आफुले गरे त्यही काम सहि अरुले गर्दा उहीँ काम गलत प्रवृत्ति एमाले पार्टीमा हावी भएको आङ्देम्वेले आरोप लगाएका छन् ।
सम्मेलनमा आङदेम्बेले सरकारको प्रतिपक्षी दलले वर्तमान संसद अवरुद्ध गरेर कुनै समाधान नहुने बताउँदै वार्ता मार्फत निकासको बाटोमा जान सकिने हुँदा त्यस् तर्फ केन्द्रित भइ इमानदारीताका साथ प्रतिपक्षीको भूमिका निर्वाह गर्न समेत आग्रह गरेका छन् ।
संसद अवरुद्ध गर्ने अनि भत्ता चै खाइ रहने प्रवृत्तिले मुलुक थप अन्योल र अराजकतामा फस्ने आङ्देम्बेको ठहर गरेका छन् ।
उनले पाटी भित्र रहेका विसँगती र नकारात्मक प्रवृत्तिलाई केन्द्रदेखि पार्टीको ग्रास लेभल सम्म तत्काल शुद्धीकरणको अभियान संचालन गरि पार्टी दर्विलो साथै शसक्त ढंगले निर्माण गर्ने केन्द्रिय तहबाट पहल थालिएको जानकारी दिए ।
पार्टीको सहमहामन्त्री बन्ने जिल्लाबाट पार्टीका आम नेतृत्वले पुर्‍याएको सहयोगको कदर गर्दै कार्यकर्ताको चाहाना अनुसार सल्लाह र सुझावलाई आत्मसात गरि अगाडि बढ्ने उनले प्रतिबद्धता जनाएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार