शेयर बजारमा दोहोरो अंकको वृद्धि

  नयाँ बुलन्द
70 Shares

काठमाडौं :आइतबार उच्च अंकको उछाल आएको शेयर बजारमा सोमबार दोहोरो अंकको वृद्धि आयो ।

नेप्से २८ सय नजिक पुग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १९ अंकले उकालो लागेर २७ सय ८४ कायम भएर थामिएको हो ।

कारोबार आइतबार सरह नै ७ अर्ब माथि रह्यो । आइतबार सबै समूह उकालो लागेकामा मंगलबार बैंक, होटल तथा पर्यटन तथा उत्पादनमूलक समूह ओरालो लागे । बाँकी समूह सकारात्मक रहे । यस दिन बीमा समूह २ सय अंक हाराहारीले उकालो लागे ।

अन्य समूह पनि सय अंकले बढ्दा अरु समूह पनि दोहोरो अंकले सुधारिए । नेपाल स्टक एक्सचेन्जमा २ सय ३६ कम्पनीको १ करोड ४३ लाख कित्ता शेयर ७ अर्ब १२ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार