एमाले पुर्व गाविस उपाध्यक्ष सहित दर्जनौं काँग्रेस प्रवेश, सभापति खड्काले गरे स्वागत

  नयाँ बुलन्द  791 पटक हेरिएको

इलाम : इलाममा अन्य पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर चलेको छ । आइतबार दे न पा ९ मा दर्जनौं जनता समाजबादी र ने क पा एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् ।
नव प्रवेशिलाई प्रमुख अतिथि काँग्रेस इलाम सभापति डम्बर बहादुर खड्काले साधारण सदस्यता दिएर पाटीमा स्वागत गरेका छन ।

नवप्रवेशीहरुमा एमाले पुर्व जितपुर गा वि स उपाध्यक्ष हाल जनता समाजबादी जिल्ला सदस्य रुप बहादुर पुलामी मगर , दृघ रैका मगर जनता समाजबादी नगर अध्यक्षका प्रतयासी तथा प्रदेश सदस्य दुर्गा सिजाली मगर जनता समाजबादी बडाध्यक्ष टंक माया मगर ने क पा एमाले तेज कुमारी मगर साेम बहादुर मगर , ,दिपेश सिन्च्यरी ,आइत बहादुर राई ,पवित्रा मगर ,केशर मगर लगायतका अन्य थुप्रै छन ।

एमाले पुर्ब गाविस अध्यक्ष समेत रहेका रुप बहादुर पुलामी मगरले सबै पाटी भन्दा नेपाली काँग्रेस प्रजातन्त्र र बिकासका लागि नेपाली जनताको आशा र बिगतकाे इतिहास हेर्दा यहि पाटीमा बिश्ववास भएकोले काँग्रेस प्रवेश गरेको बताए ।

यता प्रमुख अतिथि नेपाली काँग्रेस जिल्ला सभापति डम्बर बहादुर खड्काले नेपाली जनताको स्वतन्त्रता , र समृद्धि काँग्रेस बाट हुने बताउदै कम्युनिस्ट बाट जनताको उन्नति र प्रजातान्त्रकाेरक्षा नहुने बताउदै दुइ तिहाईकाे जनमत समेत कदर नगरी बिचमै सरकार चलाउन नसकेर भागेकाले अब सबैकाे बिश्वास काँग्रेस प्रति रहेकोले आगामी निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने उधघाेष गरे।

देनपा ९ नेपाली काँग्रेस सभापति मातृका अधिकारीकाे सभापतित्वमा सम्पन्न शुभकामना स्वागत तथा भेटघाट कार्यक्रममा प्रदेश सदस्य गाेबिन्द गिरि जिल्ला सदस्य खडानन्द अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार