नाङगीनका विद्यार्थीलाई जागरण फाउण्डेशनको अगुवाईमा न्यानो कपडा प्रदान

  युद्धबहादुर बोहोरा  93 पटक हेरिएको

पाँचथर: फिदिम नगरपालिका वडा नम्बर ११ को तृतिया आधारभूत विद्यालय,नाङगीनमा अध्ययनरत एक सय पाँच जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको छ ।

जागरण फाउण्डेशन पाँचथरको संयोजनमा राष्ट्रिय वाणिज्य बैंककाे आर्थिक सहयाेगमा विपन्न विद्यार्थीहरुलाई जाडाे मौसममा उनीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वेटर,स्टेशनरी सामान र मास्क उपलब्ध गराइएको फाउण्डेशनका अध्यक्ष प्रदिप बाँस्काेटाले जानकारी दिए ।
हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि माअाेवादी केन्द्र १ नम्बर प्रदेश कमिटी सदस्य राधाकृष्ण न्याैपानेले एक कार्यक्रमका बीच विद्यार्थीलाई सामाग्री प्रदान गर्दै विद्यालयको शैक्षिक सुधार तथा अन्य सहयोगमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सहयोगी संस्था बैकका शाखा प्रमुख प्रवेश खड्किले कार्यक्रममा बोल्दै अन्य बैंक भन्दा राष्ट्रिय वाणिज्य बैंक सेवा सुविधा र सामाजिक उत्तरदायित्व तथा वित्तिय साक्षरतामा अगाडी रहेकाे बताए ।

कार्यक्रममा वडासदस्य यज्ञ विक्रम न्याैपाने,विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रमणी भट्टराई,शिक्षक अभिभावक संघ अध्यक्ष दिपक प्रसाद न्याैपाने,प्रधानध्यापक चित्र बहादुर सुब्बा,राष्ट्रिय वाणिज्य बैंक फिदिम शाखाका सहायक प्रबन्धक तारा लावती,वरिष्ठ सहायक महेन्द्र विक्रम पाेर्तेल तथा कर्जा ईन्चार्ज प्रतिमा निराैला,शिक्षक, अभिभावकहरूकाे उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएकाे छ ।

फाउन्डेशनको अगुवाईमा स्वास्थ्य,शिक्षा,खेलकुद,विपद लगायत विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । यस संस्थालाई आर्थिक सहयोग गर्ने दातृ संघसंस्थालाई सस्थाका अध्यक्ष धन्यवाद दिदै निरन्तर सामाजिक कार्यमा जुट्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार